ढिकुरा र धनचौर गाविसका बासिन्दा आन्दोलित

Loading...

प्रेम आचार्य

अर्घाखाँचीको पुनर्संरचना गर्दा जिल्लाका राजनीतिक दलले भौगोलिक बनावट मिलाउन नसकेको भन्दै ढिकुरा र धनचौर गाविसका स्थानीय नागरिक आन्दोलित बनेका छन् । गाविसका दलका नेताले जिल्ला नेताका आलोचना गरेका छन् ।
यसअघि राजनीतिक दल तथा जिल्ला प्राविधिक समितिको बैठकले जिल्लामा तीन  नगरपालिका र तीन गाउँपालिका बनाउने प्रस्ताव आयोगमा पठाएपछि ढिकुरा गाविस र धनचौर गाविसका नागरिक आन्दोलित भएका हुन् । दलहरु तथा प्राविधिक समितिको बैठकले ढिकुरा धनचौर नुवाकोट खिल्ली असुरकोट धारापानी ढाकाबाङ गाविसलाई समेटेर भूमिकास्थान नगरपालिका बनाउने प्रस्ताव गरेपछि ढिकुरा धनचौरका नागरिकले विरोध गर्दै सदरमुकाममा जुलुस समेत प्रदर्शन गरेका छन् ।
जिल्ला स्थित राजनीतिक दलका नेताहरु स्थानीय विकास अधिकारी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा संघीय आयोगमा समेत ढिकुरा गाविसका राजनीतिक दलका नेताहरुले सर्वदलीय निर्णय गरी ज्ञापन पत्र बुझाएका छन् ।  ढिकुरा काठमाडौं सम्पर्क समाजले  आयोमा समेत ज्ञापन पत्र बुझाएको गोपाल घिमिरेले बताउनुभयो ।  
आयोगले ढिकुराका बासिन्दाको माग बुझि तीनदिन भित्र पुनर्विचार गरेर प्रतिवेदन पेस गर्नु भनि जिल्ला विकास समिति अर्घाखाँचीलाई पत्र पठाएपछि जिविसको आयोजनामा बैठक बसेपनि बैठक बिना निष्कर्ष टुङ्गिएको ढिकुराका स्थानीय सूर्य भुसालले बताउनुभयो ।
Loading...
Share on Google Plus