भारत र पाकिस्तानबीच भिषण युद्ध हुने-भारत ज्योतिष

Loading...
एजेन्सी । पछिल्लो समयमा भारत र पाकिस्तानबीच तनाव जारी छ । पाकिस्तान र भारतले युद्धको भाषा बोलेपनि ब्यवहारिकरुपमा युद्धको शुरुवात भने अडकलवाजीमै सीमित छ । यसैबीच भारतका एक ज्योतिषले भारत र पाकिस्तानबीच १० देखि नोभेम्बर सम्म भिषण युद्ध हुने भविष्यवाणी ६ महिना अघि नै गरेको भन्दै अहिले उनको आलेख समामजिक सञ्जालमा भाइरल बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो युद्धमा पाकिस्तानले ठूलो क्षति ब्यहोर्नु पर्ने उनको दावी छ । भारतको गुजरातस्थित अमदाबादका चर्चित ज्योतिश ब्यापक लोडाले आफ्नो एक लेखमा भारत र पाकिस्तानबीच युद्ध हुने भनेर लेखेका थिए । ६ महिना अघि उनले लेखेको लेख अहिले आएर भारतमा भाइरल भएको छ ।
ज्योतिष र कुण्डलीको आधारमा भारत र पाकिस्तानबीच युद्धको योग रहेको यस्तो युद्ध १० देखि १८ नोभेम्बर बिचमा हुने उनको दावी थियो ।
Loading...
Share on Google Plus