.

कन्चन शर्माका पतिलाई औंला उठाउँदै नायिका करिश्मा मानन्धरले यसो भनेपछि…

karisma-kanchanकाठमाडौं ।  नायिका करिश्मा मानन्धर पनि पछिल्लो समय सामाजिक संजालमा सक्रिय बन्दै गएकी छिन् । पछिल्लो समय नायक राजेश हमाल, हाँस्यकलाकार दीपकराज गिरी,लगायतका कलाकारहरुले समाज र राजनीतिमा देखिएका बेथितीहरुलाई स्टाटस बनाएर प्रहार गरिरहेका बेला नायिका मानन्धरले पनि आँफुलाई चित्त नबुझेको कुरा फेससबुक मार्फत शेयर गरेकी छिन् ।
करिश्माले केही दिन अघि विविसी नेपाली सेवाका पूर्व पत्रकार सुमन खरेलले कान्तिपुर टेलिभिजनमा कन्चन शर्मा नामक महिलाको अन्तर्वार्ता प्रसारण गरेर विबादमा तानीएकी महिलाका पतिलार्य नै आँफुले दोषी ठहराएको बताएकी छिन् ।
कन्चनको पृष्ठभूमि अध्यन नगरी उनको अन्तर्वार्ता लिएको भन्दै पत्रकार सुमन खरेल नै बिवाद आलोचीत बन्नुपरेपछि उनले समेत माफी मागीसकेको अवस्थामा करिश्माले भने यस घटनामा कञ्चन भन्दा उनका पति नै बढी दोषी भएको बताएकी छिन् ।
१ पृष्ठ लामो फेसबुक स्ट्याटस लेख्दै करिश्माले कन्चनका पतिप्रति औंला उठाउँदै भनेकी छिन्, “यस्तो अवस्थामा सायद भावनात्मक रुपमा साथ दिएको भए, माया दिएको भए, आज यो स्थितीमा हुँदैन थिइन् ।
परिवार र आफन्तले नै दुत्कारेपछि सायद उनी डिप्रेसनमा गइन् होला ।” उक्त अन्र्तवार्तामा कञ्चनले अभिब्यक्ति गरेका अधिकांश कुराहरु झुठ ठहर भएको र उनले पत्रकार सुमन खरेललाई ढाँठेको लगभग पक्कापक्की भईसकेका बेला करिश्माले यस्तो अभिब्यक्ति दिएकी हुन् ।
Loading...
Share on Google Plus