घरमा राख्दै नराख्नुस यस्ता ८ तस्विर : जस्ले अनिकाल र गरिबी संगै बढाउँछ दुर्भाग्य

Loading...
धेरै मानिसहरुलाई आफ्नो घरमा भिन्न प्रकारको तस्बिर टाँस्ने शौख हुन्छ । यस्तो अवस्थामा कुन तस्बिरलाई राख्नुहुन्छ र कुन तस्बिरले घरमा नराम्रो प्रभाव पार्छ त्यसको निर्णय लिन मुश्किल हुन्छ । यदि तपाईंको घर वा पसलमा पनि यी ८ तस्बिर छन् भने यसलाई तुरुन्त हटाइदिनुहोस् ।
झरिरहेको  पानी वा झरनाको तस्बिरः
jharna घरमा बगिरहेको पानी वा झरनाको तस्बिर नराख्नुहोस् । बगिरहेको पानीको तस्बिर घरमा भए यो आर्थिक नोक्सानीको कारण बन्न सक्छ । जुन घरमा यस्तो तस्बिर हुन्छ, त्यहाँ धन संञ्चित हुँदैन ।
हिंस्रक जनावरको तस्बिरः
tiger
आजकाल जनावरको पेन्टिङ घरमा राख्ने चलन रहेको छ । हेर्दा निकै आकर्षित देखिने यी तस्बिरले घरमा नकारात्मक असर पुर्याइरहेको हुन्छ । यसले घरमा झगडा र हिंसा बढ्ने गर्दछ ।
नटराजको तस्बिरः
natraj
लगभग हरेक डान्सरको घरमा नटराजको मूर्ती हुन्छ । यसमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा हुन्छन् जुन विनाशको सूचक मानिन्छ । त्यसकारण यसलाई घरमा राख्नु हुँदैन ।
रोइरहेको र तनावमा भएको बच्चाको तस्बिरः
balak
आजकाल मोर्डन आर्टको नाममा थुप्रै अचम्मका तस्बिर बनाउने चलन रहेको छ । थुप्रै मानिसको घरमा रोइरहेको बच्चाको तस्बिर पनि सजाइन्छ । यस्तो तस्बिर भित्तामा टाँस्दा दुर्भाग्य बढ्छ ।
डुब्न लागेको डुङ्गाको तस्बिरः
dubeko-jahaj
डुब्न लागेको डुङ्गा यदि घरमा राखिन्छ भने यसले तपाईंको सौभाग्य पनि डुबाउँछ । घरमा राखिएको डुब्न लागेको डुङ्गाको तस्बिर वा सो–पिसले घरको सम्बन्धमा नराम्रो असर पार्दछ ।
ताजमहलको तस्बिरः
tajmahal
ताजमहल निकै सुन्दर हुन्छ तर यसको तस्बिर वा सो–पिस घरमा राख्दा नकारात्मता फैलिन्छ । यसको सिधा सम्बन्ध मृत्युसँग जोडिएको हुन्छ त्यसकारण यसलाई घरमा नराख्नुहोस् ।
महाभारतको तस्बिरः
mahabharat
महाभारत पूजनीय ग्रन्थी हो तर यसलाई घरमा राखिनु अशुभ मानिन्छ । महाभारत युद्धसँग सम्बन्धित कुनै पनि तस्बिर घरमा राख्दा तनाव र लडाईं–झगडाको स्थिती पैदा हुन्छ ।
कुनै पनि युद्धलाई दर्शाउने तस्बिरः
yudh
घरमा कुनै पनि युद्ध, पिशाच वा जादूगरको तस्बिर राख्नु हुँदैन । यसो गर्नाले घरको शान्ति भंग हुन्छ । घरको सदस्यबिचको आपसी प्रेम र विश्वासमा असर पर्दछ ।एजेन्सीको सहयोगमा
Loading...
Share on Google Plus