.

दुबई को बिहे दुई महिने खेल - राजा बगर

नेपाल आर्मी बाट पेन्सन पकाएर युईए आएको लगभग १७ बर्ष भो। हामि नेपालिलाई चौकिदारिको काम नै सजिलो हुने हुनाले म पनि त्यहि गरे फेरि म नेपाल आर्मिको रिटायर पनि भएकोले आफुले जानेको सिप र कलाकै जागिर समाए।छोरा र छोरि को धनि म कुनै दिन खालि हात बसिन। काम गर्नै ठाउको करेसा बारिमा तरकारि र फलफुल उब्जाउथे र सबै नेपालिहरुलाई दिन्थे पनि उतिबेला नेपालि भन्ने बित्तिकै निकै माया लाग्थियो।आजको जस्तो भिडभाड थिएन।

अझ उतिबेला डिभिडि हेर्नै चलन थियो म नेपालि फ़िल्म र गित का सिडि लाई कपि गरेर बरदुबइ को नेपालि चोक मा र जहा नेपालिहरुको घना बस्ति छ तेतै गएर गैरकानुनि रुपले पनि बेच्ने गर्थै र आएको आम्दानि ले म छोराछोरि लाई राम्रो बिधालयमा अध्यापन गराएको थिए। हाम्रो चार जनाको परिवार निकै हासि र खुसि थियो।

"हुने हार दैब नटार" भनेझै गत बर्ष को भुकम्पमा मेरो श्रिमति को हिद्दयघातको कारण मृत्यु भयो उनि भुकम्पले दिएको झड्काको डरले अलात्तिएर यो सन्सार बाट मलाई एक्लै छोडेर कहिले पनि नआउने गरेर बिलिन भइन।म एक्लो भए म टुहुरो जस्तै भए छोरा-छोरिको दुबैको बिहे भएको थियो। छोरा बुहारि र नाति साथमा मा त थिए तर मेरो मनमा कोइ थिएन नितान्त एक्लो आभास गर्थै।

नेपाल गएको म घरमा घरमा एक्लै बस्न सकिन। छोरो बिहानै कलेज पढाउन जान्थ्यौ म नाति हेर्थै बुहारि कलेज जान्थिन। मलाई निकै गार्हो भयो दिन कटाएर काल पर्खन,बुहारिलाई चिया बनाइदेउ न भनेर पटक पटक भन्दा पनि झर्कने पो होकि भनेर चिया पिउने मन धेरै पटक मारेर बसे र केहि महिना पछि दुबई पुरानै काम मा आए।दुबई त आए तर उनको यादले झन सताउन थाल्यौ म धेरै पटक रोए। दैनिक जस्तो उनको तस्बिर फेसबुकमा राखेर मिस यु बुढि तिमि छोडेर कहा गयौ भनेर सोधिरहन्थे तर उनि म यहा छु भनेर कहिले पनि भनिनन।हुनत उनि जस्तै हजारौ लाई पापि भुकम्पले धेरैलाई उजाड़ बनाएको थियो।

सधै जसो घर फोन गर्थै धेरै कुरा गर्छु भनेर तर छोरालाई कल गर्दा बाबा म कलेजमा छु भन्छ र फोन राख्छ, छोरिलाई कल गर्छु उनि रुन्छिन बुहारि सित धेरै के कुरा गर्नु सन्चो बिसन्चो सोध्यौ अनि सकियो।फोनमा पैसा छ म फोन गर्न पाईन यदि मेरो उनि थिइन भने त म फोनमा जतिबोले पनि पाउने थिए उनि नहुदा म डिप्रेशनमा परे र अर्को बिहे गर्नै निर्णय गरे।छोराछोरि बुहारि सबै सग्ग सल्लाह लिए हुन्छ बाबा हजुरको खुसि नै हाम्रो खुसि हो भने र दुबईमा नै काम गर्नै एक महिला सित बिहे गर्नै सहमतिमा हामि दुबै जना नेपाल गयौ।
म निकै सोझो छु आफ्नो कर्म र परिश्रममा निर्भर रहन्छु र अरुलाई छिटो बिश्वास गर्छु।उनि पनि बुढो छोडेर एक्लो जिबन बिताएकि थिइन म जोडि पाएर भित्रिपिडा केहि कम गर्नै वातावरण उनलाई बिहे गरेर बनाए।

"बाउको बिहे देख्लास" भन्ने उखान सुनेको थिए साचै मेरो छोराछोरिले मेरो दोश्रो बिहे देखे।हामि बिहे दर्ता पनि गर्यौ मेरो पेन्सनपट्टामा उनको नाम पनि लेखिदिए र पोखरामा एउटा घडेरि किनेर उनको र मेरो नाममा पास गरि हामि पुन दुबैजना दुबई आयौ।उनि र म मेरो कम्पनिको कोठामा सग्गै बस्थौ र उनि भिजिटमा आएकोले केहि दिनमा काम खोजेर काम गर्न थालनि उनि पनि।

"हामि खुसि थियौ कान्छि श्रिमति मेरो साथमा भएपनि म पहिलो श्रिमतिलाई भुल्न सकेको थिएन म उनको तस्बिर दिनहु फेस बुकमा अपलोड गर्नै गर्थै र मेरो फेसबुक को प्रोफ़ाईल फोटो पनि उनकै तस्बिरमा थियो।जब कान्छि श्रिमतिले जागिर गरेको दुईमहिना नपुग्दै उनमा परिबर्तन आयो। बिदाको दिन मेरो कोठामा नआउने बाहिर अरुसित घुम्न जाने जुट बोल्ने गर्न थालिन। म फेरि झन गहिरो चोटमा परे के गरु कसो गरु भन्ने अन्यौलमा परे कति दिन भोकै बसे न यो पिडा कसैलाइ पोख्न पाए न उनले मेरो पिडा बुझिन ।म कमजोर बन्दै गए खाना नखाएर ६,७ दिन भोकै पनि बसे हार गुहारमाग्न कहा जाउ,न यस्तो भो भनेर छोराछोरिलाई सुनाउन सक्छु न अरु कसैलाइ ।

         के यहि हो दुबई को माया? म न्याय माग्न कहा जाउ?
                यति भन्दा सम्म दाजुको आखा रसाएका थिए। मेरो पनि आखा नरसाएको हैन।म नतमस्तक भएर सुनिरहे सुनिरहे।
..........राजा बगर, पाल्पा, हाल यु ए ई
Loading...
Share on Google Plus