.

ध्यान दिनुहोस् यस्ता छन् ब्लड प्रेसर लो भएमा ध्यान दिनु पर्ने कुराहरु

काठमाडौं : उच्च तथा न्यून रक्तचाप दुवै खतरनाक हुनसक्छ। कहिलेकाहीँ शरीरमा रगत छिटो-छिटो सञ्चालन हुन्छ त कहिलेकाहीँ ढिला। जसलाई उच्च र न्यून रक्तचाप भनेर भन्ने गरिन्छ।
यदि तपाईंको पनि ‘ब्लड प्रेसर लो’ छ भने तल उल्लेख भएका कुराको प्रयोगले त्यसलाई सामान्य अवस्थामा ल्याउन सहयोग गर्छ।
१‍‌. नुन
लो अर्थात न्यून रक्तचाप भएमा स्वभाविकभन्दा बढी नुन खाने गर्नुहोस् । जसले ब्लड प्रेसरलाई ठिक ठाँउमा ल्याउने काम गर्दछ । एक गिलास पानीमा एक चम्चा नुन घोलेर खाएमा फाइदाजनक हुन्छ ।
२. कफी
ब्लड प्रेसर कम गर्नका लागि कफीको प्रयोग एकदम उययुक्त हुन्छ । दिनहुँ एक कप कफी पिएमा त्यसले तपाईंको रक्तचापलाई बढाउने काम गर्छ ।
३. किसमिस
१०-१५ दाना किसमिसलाई पानीमा रातमा भिजाइदिनुहोस् र बिहान सबेरै खाली पेटमा सेवन गर्नुहोस् । जुन पानीमा त्यसलाई भिजाउनु भएको हो, त्यो पानी खाँदा झनै राम्रो ।

४. तुलसीको पात
दिनहुँ ३-४ वटा तुलसीको पात खाएमा न्युन रक्तचापलाई सामान्य बनाउँछ ।
tulsiplant
५. कागति पानी र नुन
कागति पानीमा थोरै नुन र चिनी हालेर पिएमा रक्तचाप भएकाहरुलाई फाइदा पुर्‍याउँछ । यसको प्रयोगले शरीरमा शक्ति बढाउँछ र मृगौलाले पनि सही काम गर्छ ।
Loading...
Share on Google Plus