पहिलो सन्तानलाई जन्म दिन अस्पतालमा भर्ना भईन् करिना,डिसेम्बरको ४लाई तोक्यो अस्पतालले डेलिभरी मिति

Loading...
अभिनेत्री करिना कपुरलाई अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख गरिए अनुसार गर्भवती रहेकी करिनालाई प्रश्रव पीडा भएपछि अस्पताल भर्ना गरिएको हो ।
01
त्यस्तै, संचारमाध्यममा अभिनेत्री करिना छिट्टै आमा बन्ने उल्लेख गरेका छन् । उनले पहिलो बच्चालाई जन्म दिँदैछिन् । करिना कपुर र सैफअली खानबीच १६ अक्टोबर २०१२ मा बैबाहिक सम्बन्धमा बाँधिएका थिए । सैफ अलि खानको करिना कपुर दोस्रो पत्नि हुन भने सैफले अमृता सिंहसँग पहिलो विवाह गरेका थिए । करिना र सैफबीचको प्रेम २००८ बाट सुरु भएको बताइएको छ ।
उनीकी पहिलो श्रीमती अमृताबाट दुई सन्तान छन् । संचारमाध्यमका अनुसार करिनालाई अस्पतालले डिसेम्बर ४ मा डेलिभरीको मिति तोकेको छ । गर्भवती अवस्थामा रहेकी अभिेत्री करिनाले शटिङमा व्यस्त थिइन् । गत बुधबार मात्रै करिनाले एक म्यागेजिनका लागि फोटोशुट गराएकी थिइन् । करिना कपुरका पति सैफ अली खान र उनको परिवार नयाँ बच्चाको पर्खाइमा रहेका छन् ।kareena_lead_1467007150
Loading...
Share on Google Plus