.

अर्घाखाँची कारागारका कैदीलाई न्यानो टोपी

प्रेम आचार्य

अर्घाखाँची, मंसिर ८ – अर्घाखाँची जिल्ला कारागारमा रहेका ३३ कैदी बन्दीलाई जाडोमा लगाउने ऊनिका टोपी र मुखमा लगाउने माक्स बितरण गरिएको छ । 
उद्योग बाणिज्य संघ अर्घाखाँचीको पहलमा जाडोमा लगाउने टोपी र माक्स बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले दिनुभएको हो ।
टोपी वितरणसँगै कारागारको सम्पूर्ण स्थितिको निरीक्षण गर्नुको साथै केही संरचना निर्माण गरि बन्दीलाई सजिलो बनाउने बिषयमा पहल गर्नेसमेत प्रजिअ कटवालले आश्वासन दिनु भयोे । २५ जना बन्दी रहने क्षमताको कारागारमा ३३ जना बन्दी बस्न बाध्य हुँदा समस्या भएको र बन्दीले खरिद गर्नुपर्ने सामान बजार भन्दा अति महंगो भएकोले सरकारले दिएको दैनिक ४५ रुपैयाँ र ७ सय ग्राम चामलबाट बिहान बेलुका छाक टार्न अति नै मुस्किल भएको कारागारका नाइके सुदन खडकाले बताउनुभयो । 

Loading...
Share on Google Plus