.

अर्घाखाँचीमा वृहत प्रदर्शन हुने चन्द्र, टोपवहादुर सम्बोधन गर्न आउदै

अर्घाखाँचीमा वृहत प्रदर्शन हुने चन्द्र, टोपवहादुर सम्बोधन गर्न आउदैघनश्याम पौडेल ‘परिश्रमी’
अर्घाखाँची, २६ मंसिर
सरकारले अर्घाखाँची जिल्ला सहित ५ नम्बर प्रदेश टुक्रयाएको विरोधमा लगातार भईरहेको अर्घाखाँची बन्द ३ दिनलाई खुलेको छ । साथै यहि मंसिर ३० गते सदरमुकाम सन्धिखर्कमा वृहत प्रदर्शन हुने सङघर्ष समितीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनुभएको छ ।
प्रदर्शनलाई सम्बोधन गर्नका लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मीका सासंद चन्द्र भण्डारी अर्घाखाँचीमा वृहत जनसभालाई सम्बोधन गर्न आउनुहुने भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका उपनेता तथा पुर्वमन्त्री अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोपबहादुर रायमाझी पनी अर्घाखाँची जिल्ला संयुक्त सङघर्ष समितीले राखेको जनसभालाई सम्बोधन गर्न आउनुहुने भएको छ । त्यस्तै पुर्वमन्त्री तथा नेकपा एमालेका पोलीटव्युरो सदस्य दलबहादुर राना पनी अर्घाखाँचीमा हुने सभालाई सम्बोधन गर्न आउनुहुने भएको छ । त्यस्तै ३० गते जिल्लामा वृहत जनसभासहितको प्रदर्शन भएपछी आमहडतालका कार्यक्रम रहको सङघर्ष समितीले जानकारी दिएको छ ।
अर्घाखाँचीमा भईरहेको बन्द मंसिर २७, २८ र २९ गतेसम्मका लागी जिल्लाका धेरै ठाउँमा कुल पुजाँ पुजा भएकोले जनतालाई सहज हुने गरी आन्दोलनका सवै कार्यक्रमहरु स्थगित गरिएको छ ।  अर्घाखाँची जिल्लामा बन्द सँगसँगै दैनिक विभिन्न खालका आन्दोलनका कार्यक्रमहरु भईरहेका छन । लगातार भईरहेको बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा पुर्ण रुपमा ठप्प भएका थिए, भने शैक्षिक संघसंस्था खुलेका थिए ।
Loading...
Share on Google Plus