.

जन्मदिने बाबुले हेला गरेपछि आमाको आँफैले अर्को पुरुषसँग बिहे गरिदिएका छोराको मर्मस्पशी पत्र

प्रिय आमा
न्यायो ढोग तथा नमस्कार !
आमा । आज तपाई हामी एकसाथ नभए पनि हामी बिचको माया झन गाढा र प्रगाढ बन्दै गएको छ । बुबाले हजुर आमाको र अन्य नातागोताको लहै लहैमा लागेर मलाई गर्भमा नै फाल्ने तयारी गरेको दुश्प्रयास गरेका ति दिनहरु सम्झिन्छु । जुन दिनमा तपाईले भोग्नु परेका कष्ट म महशुस मात्रै गर्न सक्छु, शब्दमा ब्यक्त गर्न सक्दिन । आमा तपाई आफ्नै कर्ममा भए पनि भाई र म एक साथ मिलेर जिन्दगीको लामो दौडानको सहयात्रामा छौँ ।
हामीलाई देखीनसक्ने नरपिचास हाम्रा बाले तपाइलाई गरेको अमानवीयताको पराकाष्टा नाघेपछि मैले नै तपाईको अर्को बिहे गर्ने जुक्ती सुझाएको हुँ । जसबाट तपाईले आफ्नो बाँकी जीवन सफलतापुर्वक बाँच्न पाउनुहुनेछ भन्ने मेरो बुझाई हो आमा । भनिन्छ जिन्दगी देखान्छ मात्र होइन लेखान्त पनि हो ।
हामीले जे जति भोग्यौँ, दुख कष्ट पायौँ हिजोका दिनमा ति शब्दमा बर्णन गरिसाध्य नै छैनन् । र यसको एकमात्र कारण हाम्रा पिता हुन् । र अबका दिनमा ति कुरा बिर्सेर हामी पनि नयाँ जिन्दगीको सुरुवातमा छौँ । म पनि अब १९ वर्षको भइसकेँ । र आफ्नो जिन्दगी र भविष्यका बारेमा राम्ररी जानकार छु । मलाई र भाईलाई आजको यो दिनसम्म आउन हृदयदेखि नै मद्धत गर्ने मामा घरका सबैजना र तपाई अनी हाम्रो परिवारलाई स्विकार्न तयार हाम्रा कर्मदाता पिता प्रति हृदयदेखि नै आभारी छु । जसले परपुरुषका सन्तानलाई सर्हष स्विकार्नु भयो उहाँ हाम्रो भगवान नै हो आमा ।
तर अहिले सुन्दैछु आमा हामीले त्यस्तो कठिन मोडलाई पार गरेर आउँदा हामीलाई बाँचे बाँच मरे मर भनेर दुखको दलदलमा फसाएका बाबु र उनको परिवारका मानिसहरुले अहिले बदनामी गर्न खोज्दैछन् रे । दुखाको त्यति ठूलो पहाडबाट उम्केकी मेरी आमालाई नभएका झूठा आरोप लगाइदैछ रे । उनै बुबा नामका राक्षसले हामीलाई पठाएको, बढाएको भनी जस लिन खोज्दैछन् रे । अरु त अरु उनले हामीलाई मोटरसाइकल पनि किनिदिएको बताएछन् ।
त्यो बाउ भनाउँदो पुरुषलाई मेरो एउटै प्रश्न छ, के गर्भमा बच्चा बसाउँदैमा मात्र बाउ भइन्छ ? पक्कै भइँदैन । तिमी हाम्रो बाबु हुनै सक्दैनौँ । किनकी हाम्री शान्त आमा र हाम्रो परिवारलाई अपजस र बेइजती नगरी आफ्नो बाटो हिँडेर आफ्नो काम गर । अब त अति भो बिन्ती हामीलाई गरि खान देउ । हाम्री आमालाई कुनै प्रकारको झुठो लान्छना नलगाई आफ्नो बाटो हिँड्न देउ ।
                                                                                                          अशोक आचार्य

Loading...
Share on Google Plus