घरमै रंगिन प्रिन्टर राखेर नोट छाप्थे राजकुमार, तर कसैलाई भनेका थिएनन् …

लमजुङ, ३ पुस- नक्कली नोटसहित लमजुङका युवक प्रकाउ परेका छन् । पाँचौ लमजुङ महोत्सवमा नक्कली नोट लिएर टिकट काट्न आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । लमजुङको बेसीशहर नगरपालिका–४ गैरी स्थायी घर भएका ३० वर्षका राजकुमार श्रेष्ठले महोत्सवमा नक्कली नोट दिएर टिकट काट्न लाग्दा विवाद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा श्रेष्ठले एकहजार, पाँच सय, एक सय, र साना नोटहरुसँगै भारतीय नोटहरु पनि बनाएकोे पत्रकार सम्मेलनमाफर्त प्रहरीले जानकारी गराएको छ ।

 जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलका अनुसार श्रेष्ठले आफ्नै घरमा स्क्यान मेशीन, प्रिन्टर, कम्प्युटर र नक्कली नोट बनाउने सफ्टवेयरहरु,सरकारी कार्यालयका छापहरु, लालपुर्जा, सवारी चालक अनुमति पत्र लगायतका सामाग्रीहरु जफत गरेको छ । खरेलका अनुसार आरोपित श्रेष्ठले आफुले विगत ४ महिनादेखि नक्कली नोट बनाउन शुरु गरेको स्वीकार गरेका छन् ।


उनको घरको एक बन्द कोठाबाट २५ थान तयारी एकहजारको नोट, १४ थान प्रिन्ट गरेको हजारको नक्कली नोट, ३ थान पाँच सयको नोट लगायतका विभिन्न नोटहरु बरामद गरिएको प्रहरीले जनाएको छ । प्रनाउ खरेलका अनुसार श्रेष्ठलाई खोटा चलन, सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा मुद्धा चलाईने छ । गाउँ समाजमा कोही कसैले शंकास्पद गतिविधि गरेको थाहा पाएमा प्रहरीलाई खबर गर्नुपर्नेमा डिएसपी खरेलले सबैमा आग्रह गर्नुभएको छ । प्रहरीले जनाएअनुसार श्रेष्ठले केही नक्कली नोटहरु बजारमा चलाई सकेका छन् ।
Loading...
Share on Google Plus