.

अर्घाखाँचीमा शनिवार चर्कियो आन्दोलन (फोटो फिचर तथा भिडियो सहित)

घनश्याम पौडेल ‘परिश्रमी’
अर्घाखाँची १८ मसिर । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरे पनि अर्घाखाँचीमा नेपाली कांग्रेसको नेतृत्वमा गठन गरिएको सङघर्ष समितीले शनिवार झन आन्दोलन चर्काएको छ । आन्दोलनको प्रदर्शनमा कांग्रेस मात्र हैन नेकपा माओवादी केन्द्रका नेता तथा कार्यक्रताको समेत सहभागिता रहेको छ ।
अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको  विरुद्धमा आन्दोलनका कार्यक्रमलाई शसक्त रुपमा अगाडी बढाउन अर्घाखाँचीमा सबै दलहरु एक जुट भएर अगाडी बढेका छन ।
घर र बेसीको सम्बन्ध रहेको पहाड र तराईलाई छुट्याउने योजनाका साथ संशोधन प्रस्ताव ल्याइएको विरुद्धमा आन्दोलनका थप आन्दोलनका कार्यक्रम बढेका छन । २० गते वृहत प्रदर्शन तथा आन्दोलन गर्ने सङघर्ष समितीका अध्यक्ष तथा कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिए ।
पहाड घर र तराई वेशी भएका जिल्लाका मानिसको भावना तराई र पहाड एक हुनु पर्ने भएका कारण स्थानीय जनता यातायात व्यबसायी तथा ब्यपारी सबैको आन्दोलनमा ऐक्यबद्धता र सहभागिता रहेको संयुक्त आन्दोलन संघर्ष समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले बताए ।
संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा बुधवार देखि सुरु गरिएको अनिश्चितकालिन अर्घाखाँची बन्दले जिल्लाको जनजीवन पुर्ण रुपमा प्रभावित बनेको छ ।
स्वतस्फुर्त रुपमा युवा विद्यार्थीहरु सडकमा निस्केर आन्दोलन गरिरहेका छन । बन्दका कारण जिल्लाका सम्पुर्ण कलकरखाना, बजार र यातायातका सम्पुर्ण साधन बुधवारदेखि ठप्प रहेका छन् ।

भिडियो हेर्नुहोस
Loading...
Share on Google Plus