चर्चित कलाकार आर पि भट्ट्राराई (लादालाम) को निधन‌

चर्चित नेपाली कलाकार तथा गायक आरपी भट्टराईको आज निधन भएको छ । केहि दिन अघि बिराटनगर आएका भट्टराईको सोमबारे हाट स्थित फुपुको घरमा निधन भएको हो । उनले दर्जनौं नेपाली फिल्म लगायत टेलिफिल्महरुमा अभिनय गरेका थिए भने चर्चित हास्य कार्यक्रम तीतो–सत्यमा ‘लादालाम’ को चरित्र ले उनि निकै लोकप्रिय थिए । परिवारका अनुसार राती खाना खाएर सुतेका भट्टराई बिहान नउठेको हुँदा उठाउन जाँदा मृत फेला परेका थिए । आजै दाह संस्कार गरिने उनको मृत सरिर अहिले मधुमारा स्थित उनको निवासमा राखिएको छ । मृतकको आत्माको चिर शान्ति को कामना गर्दछौ ।
Loading...
Share on Google Plus