केपी ओलीले सार्वजनिक गरे देउवासँग मिलेर प्रचण्डलाई एक्ल्याउने रोडम्याप -

भक्तपुर, ६ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विदेशीको चाहनामा चलेको आरोप लगाएका छन् ।
kp-oli
ओलीले विदेशी रिझाउन खोज्दा सरकारले आफ्नो अधिकार र कर्तव्य दुवै भुलेको आरोप लगाए । आफ्नै निवास बालकोटमा बुधबार पूर्वसांसद मञ्चका पदाधिकारीसँगको भेटमा ओलीले काँग्रेस र एमाले मिल्नुपर्ने उल्लेख गरे ।
भेटमा सहभागी पूर्वसांसदहरुले प्रमुख दुई दल काँग्रेस र एमाले मिलेर मुलुकलाई निकास दिनुपर्ने बताएपछि ओलीले आफूले पहिल्यैदेखि काँग्रेस–एमाले मिल्नुपर्ने बताए पछि काँग्रसकै कारण सम्भव नभएको बताए ।
‘मैले त पहिल्यैदेखि काँग्रेस र एमाले मिलेर अघि बढौं भनेकै हुँ’, ओलीले भने, ‘काँग्रेसले ठूला दल मिल्नै नहुने सिद्धान्त बनाएकाले त्यो सम्भव भएन ।’
यद्यपि आफ्नो ध्यान सरकारमा नभई चुनावमा भएको उनको भनाइ थियो । ओलीले सरकारको मुख्य काम नै निर्वाचन भए पनि उसको नियत निर्वाचन नगराउने देखिएको आरोप लगाए । ‘यो सरकारको काम नै निर्वाचन गराउने हो’, उनले भने, ‘तर सरकार निर्वाचन नगराउने नियतका साथ अगाडि बढेको छ ।’
ओलीले संविधान संशोधन विधेयक कुनै हालतमा संसदमा प्रवेश गर्न नदिने उल्लेख गरे । तर, निर्वाचनको घोषणा गरे सरकारसँग मिलेर काम गर्नए तयार रहेको उनको भनाइ थियो ।
source:http://kathmandutoday.com
Loading...
Share on Google Plus