वैज्ञानिकले दिए विनासकारी छुद्रहरुसँग ठोक्किएर पृथ्वी नै ध्वस्त हुने चेतावनी

Loading...
asteroid-2-corbisन्यूयोर्क/एजेन्सी– नासाका वैज्ञानिकले पृथ्वी विनासकारी छुद्रहरुसँग ठोक्किएर हुने क्षेतीको न्यूनिकरणका लागि रक्षात्मक अवस्थामा समेत नभएको चेतावनी दिएका छन् । पछिल्लो २० वर्षमा पुछ्र्रेतार र छुद्र ग्रहहरु पृथ्वीको नजिक आइरहेका छन् । यी तारा पृथ्वीमा ठोक्किए भयानक दुर्घटना हुने नासाको चेतावनी छ । यी ताराहरुसँग ठोक्किँदा हुने क्षति न्यूनिकरणका लागि पृथ्वीको आयु कम भइसकेको नासाका वैज्ञानिक डा.जोसेफ नुथले भनेका छन् ।
पाँच देखि ६ करोड वर्षको अन्तरालमा विनासकारी छुद्र ग्रह पृथ्वीलाई ठक्कर दिने गरी आइरहेको र यो दुर्घटनाबाट पृथ्वीले आम विनास बेहोर्नु पर्ने उनको भनाइ छ । ६ करोड ६० लाख वर्ष पहिले पृथ्वीमा त्यस्तै विनासकारी छुद्रग्रह ठोक्किँदा डाइनोसर पृथ्वीबाट लोप भएको थियो । अहिले सो स्थान मेक्सिकोको खाँडीका रुपमा परिचित रहेको दी इन्डिपेण्डेटले जनाएको छ ।
डा. नुथले भने, ‘यदि त्यस्तो विनाशकारी वस्तु पृथ्वीसँग ठोक्किएमा हामीले गर्ने सक्ने खासै केही छैन, यो उनीहरुको लोप हुने अवस्था हो डाइनोसरका हत्यारा जस्ता वस्तुहरु पाँच देखि ६ करोड वर्षको अन्तरामा खस्ने छन् ।’
सन् १९९६ र २०१४ मा ती ताराहरु पृथ्वीको नजिक आएका थिए । उनीहरु पृथ्वीको नजिक हुँदै मंगल ग्रहको अन्तिरिक्ष क्षेत्र भित्र प्रवेश गरेका थिए । वैज्ञानिकहरुसँग अब चेतावनीको लागि २२ महिना मात्र बाँकी रहेको छ । ती ताराहरुको दिशा परिवर्तन गर्न सक्ने यान बनाउन यो समय धेरै कम हो ।
वैज्ञानिक डा. नुथले वैज्ञानिकहरुलाई प्रतिरोधी यान बनाईराख्न नासका वैज्ञानिकहरुलाई भनेको गार्जियनले जनाएको छ । मानिसहरुले ती छुद्र ग्रहलाई आणविक मिसाइल अथवा एउटा विशाल क्यानोवले परावर्तन गर्न सक्ने वैज्ञानिक क्याथी प्लेस्कोले बताएका छन् ।
source:http://rajdhanidaily.com
Loading...
Share on Google Plus