.

तौल घटाउन गोलभेँडाको जुस नियमित सेवन गरौं

पुस १०, काठमाडौं । तपाई तौल बढेर समस्यामा पर्नु भएको छ या बढ्दो तौलका कारण तपाई चिन्तामा हुनुहुन्छ ? वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउदै हुनुहुन्छ अर्थात तौल बढेरका कारण तपाईलाई समस्या परिरहेको छ । यो समस्याको हल घरमै बसेर पनि गर्न सकिन्छ । गोलभेँडाको जुस नियमित पिउनाले शरिको माटोपना घटाउन सहयोग मिल्ने अनुसन्धानबाट पत्ता लागेको छ । गोलभेँडाको जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ । गोलभेंडाले शरीरको मेटाबोलजम पनि बढाउँछ अनि बोसो गलाउँछ । गोलभेंडाको जुस घरैमा सजिलै बनाउन सकिन्छ ।
जुस बनाउने विधि
यसका लागि तपाईं पाकेको दुईवटा टमाटर लिनुस् । यसका साथै आधी चम्चा मरिच र दुई चम्चा मह राख्नुपर्ने हुन्छ । शुरुमा टमाटरलाई मजाले पिस्नुस् र रस निकाल्नुस् । त्यो निष्किएको रसमा मरिचको धूलो राख्नुहोस् । उक्त जुसमा टमाटरको रस र मरिचको धूलो मजाले घोल्नुहोस् । यो मिश्रणलाई एउटा गिलासमा हाल्नुस् र त्यसमा दुई चम्चा मह हाल्नुस् । अब जुुस तयार हुन्छ । यस्तो जुस दिनदिनै बिहान खाली पेटमा पिउनुस् । यसो गर्दा तपाईको शरिरको माटोपना घट्दै जान्छ ।
Loading...
Share on Google Plus