दादबाट छुटकारा पाउने ५ अचुक प्राक्रितिक घरेलु उपचारहरु

Loading...
दाद तथा एगजिमा भनेको एउटा चिलाउने रोग हो । यो रोग शरीरको केही निश्चित भागमा देखा पर्छ । हुनत एगजिमालाई यसको आकार, प्रकार र रुपअनुसार बेग्ला बेग्लै नामाकरण गरिएको छ । दादमा एक चिकित्सकिय अवस्था हो जसले छालामा असर पुर्याउँछ । साना बच्चाबच्ची तथा केटाकेटीमा यो समस्या प्रायजसो देखिन्छ । यद्धपि, चिकित्सकहरुका अनुसार, यो समस्या अधबैशे तथा उमेर पुगेका मानिसहरुमा पनि देखिन्छ । आज हामीले तपाईलाई दाद वा एगजिमाबाट कसरी छुट्कारा पाउने भन्ने बारेमा घरेलु उपचारको जानकारी दिनेछौं ।
16121447a4
१. नरिवलको तेल
विशेषज्ञहरुका अनुसार, नरिवलको तेलमा एन्टीमाइक्रोबायल, एन्टीओक्सीडन्ड, एन्टीबाकटेरियल र एन्टीफंगल गुण भएकाले एगजिमा रोकथाममा यसले अचुक भुमिका खेल्छ । एगजिमा भएको ठाउँमा नरिवलको तेल दल्नुहोस् र हल्का मसाज गर्नुहोस् । यो प्रक्रिया दिनको ३(४ पटक दोहोर्याउँनहोस् ।
२. एलोभेरा
एलोभेरा एगजिमा रोगमा अति उत्तम ओखती हो । एलोभेराको जेल घाउ भएको ठाउँमा दल्नुहोस् र यसलाई कही घण्टाका लागि त्यसै छाडी दिनुहोस् ।
३. हरियो चिया
हरियो चियामा विषादी नाषक गुण प्रयाप्त मात्रामा पाइने भएकोले यो पउिने गर्नाले एगजिमा सँचो भएर जान्छ ।
४. मह
बैज्ञानिकहरुका अनुसार, महमा एक प्रकारको एन्टीसेप्टीक गुण हुन्छ । दुई चम्चा माहुरीको मह र दुई चम्चा जैतुनको तेललाई एउटा सानो ससप्यानमा राखेर मिसाउनुस् । अव यो मिश्रणलाई एगजीमा भएको ठाउँमा दल्नुस्। यसो गर्नाले एगजीमा का कारणबाट हुने रातो र टाटे दाग सहजै हराएर जान्छ ।
५. हाडेबदामको पात
हाडेबदामको केही पातलाई पिन्नुस् । अव यसलाई थोरै पानीमा खन्याउनुस् र पेस्ट तयार पार्नुहोस्। ओखती तयार भयो । अव यो ओखती एगजीमा भएको ठाउँमा दल्नुहोस् । यसले घाउलाई निको पार्छ।
Loading...
Share on Google Plus