बान्द्रेले गरे बिहे, पार्टीमा नै श्रीमतीसँग यस्तो रमाईलो | बिहे खर्च कटाएर अनाथलाई सहयोग (भिडियो सहित)

नेपाली हाँस्यटेलिसिरियल मेरी बास्सैमा बान्द्रेको भूमिकाबाट चर्चित बनेका कलाकार सुरज चापागाईँ बैवाहिक जीवनमा बाँधिएका छन् । उनले काठमाण्डौ चण्डौलकी उषासँग बैवाहिक जीवनलाई शुरु गरेका हुन् ।

 उनिहरु विगत १ बर्षदेखी प्रेममा थिए । उषाले अध्यापन गर्ने एक विद्यालयमा कार्यक्रमको लागि पुगेका बान्द्रेले उषालाई भेटेका थिए । त्यसको केहि समयपछि फेसबुकबाट प्रेम शुरु भएको थियो । सुरजले एक अनाथ आश्रमलाई ५० हजार रकम पनि प्रदान गरेका छन् ।

आफ्नो बिवाहको खर्च कम गरी त्यहिँबाट बचत गरेर उनले ४० जना बच्चाको भबिष्यको लागि प्रदान गरेका हुन् । हामीले तपाईँलाई आज बान्द्रे र उनकी श्रीमतीसँग पार्टीमा नै गरिएको भिडियो कुराकानी प्रस्तुत गर्दैछौँ ।
Loading...
Share on Google Plus