बैदेशिक रोजगारीमा जानेहरुलाई खुसीको खबर, सुरु भयो श्रममा अनलाइन प्रणाली

पुस ३, काठमाडौँ  । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । 
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गर्नुभयो । पूर्व श्रम स्वीकृति आजबाटै अनलाइन प्रणालीमार्फत दिइनेछ भने हप्ता दिनपछि अन्तिम श्रम स्वीकृति समेत अनलाइनबाट दिइने व्यवस्था मिलाइनेछ । 
मेनपावर कम्पनीले आफ्नै ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजरनेमको जानकारी दिनुपर्छ । सोही आधारमा सो युजरनेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ । अहिले श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौ लाइनमा लाग्नुपर्ने बाध्यता रहेको छ । यो प्रणालीको सुरुवातसँगै त्यो बाध्यता हट्दै जानेछ । 
बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायतका सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ । गलत नामावली, नक्कली बिमाजस्ता समस्या समेत हटाउन यसले भूमिका खेल्ने विश्वास लिइएको छ । 
मन्त्री गुरुङले अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता लिएको बताउँदै यो प्रणालीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदारले स्वीजरल्यान्ड सरकारको सहयोगमा यो प्रणाली विकास गर्न सम्भव भएको बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो । 
नेपालका लागि स्वीजरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले श्रम र रोजगारको क्षेत्रमा आफ्नो देशले नेपाललाई सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्वीजरल्यणन्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो । रासस Image result for passport nepal

कसरी भर्ने फारम ?

- सुरुमा आफ्नो आइडी बनाउनुपर्छ । आइडी बनाउन फेसबुक वा गुगलमा आइडी बनाएजतिकै सजिलो हुन्छ । 
- आफ्नो आइडी बनेपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा भर्नुपर्छ साथै आवश्यक डकुमेन्टहरु त्यहि फारममा अपलोड गर्नुपर्छ । 
- अब तपाइले भरेको डाटा अनुसार बैदेशिक रोजगार विभागले तपाइँ कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण अध्ययन गर्छ । यदी तपाइले भरेको सबै ठिक छ भने अब विभागले तपाइको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । यदी तपाइको अनलाइन फारम स्वीकृत भएमा अब तपाइले इमेल पाउनुहुनेछ । अन्यथा बिभागले तपाईलाई अरु डकुमेन्ट थप्नुपर्ने भएमा त्यसको जानकारी पनि इमेलमै पठाउनेछ । फेरी आफ्नो डकुमेन्ट तपाइले आफ्नो पहिलेकै आइडी मार्फत पठाउन सक्नुहुनेछ । 
- श्रमको लागि एप्रोभ भएका तपाईले अब बैंकमा तोकिएको शुल्क जम्मा गर्नुपर्ने हुन्छ । पैसा तिर्नको लागि तपाइँ नेपालभरकै ठूला बाणिज्य बैंकका जुनसुकै शाखा प्रयोग गर्न सकिन्छ ।
- त्यसपछि विदेश जानु अघि लिनुपर्ने ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ, त्यहाँ तपाईले  विद्युतीय प्रणालीबाट आफ्नो ल्याप्चे लगाएपछी मेडिकलका लागि जानुपर्ने हुन्छ । 
- यदी तपाइ मेडिकल फिट हुनुहुन्छ भने अब तपाइको मेडिकल रिपोर्ट बुझाउन पनि तपाईले कुनै दु:ख गर्नुपर्दैन । मेडिकल गरेको ठाउँबाटै तपाइको रिपोर्ट बिभागले पाईसकेको हुन्छ ।
- त्यस्तै तपाइले गरेको बिमाको रेकर्ड पनि बिमा कम्पनीबाट सिधै सरकारले पाउँछ ।
- अब भने तपाइको सबै प्रक्रिया पुग्यो, अब तपाइले इमेल पाउनुहुनेछ । तपाइको सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि तपाइँ अब आफ्नो पासपोर्ट लिएर बैदेशिक रोजगार बिभाग जानुपर्छ । 
- बिभागबाट श्रम अधिकारीले तपाइको पासपोर्टमा श्रम स्वीकृति भएको स्टीकर टाँसिदिनेछन् । 
अब तपाइँ टिकट काटेर आफुले जान लागेको देशको लागि जान तयार हुनुभयो । यदी माथिका कुनैपनि प्रक्रियामा असहज भएमा तपाइले सिधै बैदेशिक रोजगार विभागसँग सहयोग समेत माग्न सक्नुहुन्छ ।
Loading...
Share on Google Plus