१५४ यात्रु बोकेको जेट एयरवेजको विमान विमानस्थलमा नै दुर्घटनाग्रस्त : विमानस्थल बन्द

Loading...
एजेन्सी। जेट एयरवेजको विमान मंगलबार एकाबिहानै दुर्घटनाग्रस्त बन्दा १५ यात्रु घाइते भएका छन् । भारतको गोवा एयरपोर्टमा विमान दुर्घटनाग्रस्त बनेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार मंगलबार बिहान जेट एयरवेजको विमान 9w 2374 १५४ यात्रु बोकेर मुम्बई उड्न लागेको विमान रनवेमा चिप्लिदा १५ जना घाइते भएका छन् । दुर्घटना पश्चात विमानस्थल दिउँसो १२स्३० सम्मको लागि बन्द गरिएको बताइएको छ । विमान दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार जारी राखीएको छ । विमानका विषयमा थप विबरण आउन बाँकी छ । -
Loading...
Share on Google Plus