.

प्रेमगीत २ को युनिट सवार गाडी पोखरा जाँदे गर्दा दुर्घटना, ट्रकले दियो ठक्कर

काठमाडौँ । प्रेमगीत २ को युनिटको गाडी पोखरा जाँदे गर्दा दुर्घटनामा परेको छ ।चलचत्रिको छायांकनका लागी पोखरा जाँदै गर्दा निर्माता सन्तोष सेनले हाँकेको गाडीमा निर्देशक रामशरण पाठक, र नायक प्रदिप खड्का पनि सवार थिए ।
 स्रोतका अनुसार दुर्घटना धादिगंको गल्छीमा भएको प्रहरीले जनाएको छ । मोडमा निर्माता सन्तोष सेनले चलाएको गाडीलाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा निर्माता सेनको हातको हड्डी भाँचीएको छ भने निर्देशक पाठकको टाउकोमा चोट लागेको छ । उनीहरुको काठमाडौँको ट्रमा सेनटरमा उपचार भइरहेको छ । त्यस्तै नायक खड्कालाई सामान्य चोट लागेको बताइएको छ ।
Loading...
Share on Google Plus