रामदेवको अङ्गालोमा रहेकी नेपाली भनिएकी महिलाको बास्तबिकता यो हो , कुरो बुझेर मात्रै दुष्प्रचार गरौँ

Loading...
भारतीय योगगुरु बाबा रामदेवको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको भन्दै बिभिन्न अनलाइन संस्करणले समाचार हरु पोस्ट गरेका छन् ‘योग गुरु रामदेवको अँगालोमा रहेकी यी महिला को हुन् ?’ शीर्षकको यो समाचारमा प्रश्नमात्र छ, उत्तर छैन। समाचारमा ‘नेपाली महिलासँग खिचिएको यो तस्बिर बेड रुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ’ लेखिएको छ। यी महिला नेपाली नै हुन् भन्ने कसरी ठहर भयो त्यो खुलेको छैन।




इन्टरनेटमा सामान्य सर्च गर्‍यो भने मात्रै पनि वास्तविकता छर्लङै बुझिन्छ। बेला बेला सोसल मिडियामा यस्तै प्रकार का  भेडे हल्ला हरु चल्ने गर्छन । तर , अलिकति तथ्य खोज्नु र पत्ता लगाउनुहोस् त  यो त दुई वर्ष पहिले नै भारतमा भाइरल भइसकेको फोटो हो र वास्तवमा ती महिला क्यान्सर पीडित रहेछिन|
तपाई हरु लाइ लागेको श‌ंका निवारण दुई वर्षअघि अर्थात् २६ नोभेम्बर २०१४ मै रामदेव स्वय‌ंले गरिसकेका छन्। उनले दुष्प्रचार गर्नेहरु, अलिकति त लाज मान भन्दै ती बहिनीको नाम प्रीति भएको, उमेर २७ वर्ष र क्यान्सरपीडित जीवन र मृत्युबीच स‌ंघर्ष गरिरहेको लेखेका थिए।
पतन्जली योगपीठकी संस्थापक सदस्यको परिवारकी यी बहिनीलाई उनले वेदान्ता अस्पतालमा भेटेर आशीर्वाद दिएको, प्राणायाम सिकाएको र आयुर्वेदिक औषधिहरु दिएको रामदेवले लेखेका छन्। साथमा प्रश्न सोधेका छन्- यस्ता रोगीहरुको बारेमा दुष्प्रचार गर्नेहरु, केही त लाज मान। यदि यी महिला तपाईँकी आमा, दिदीबहिनी, छोरी भएको भए के तपाईँ यस्तै भद्दा कमेन्ट गर्नुहुन्थ्यो?
source -http://www.mysansar.com/2016/12/25649/

बेला बेला सोसियल मिडिया हरु मा यस्तै दुस्प्रचार र भ्रान्ति हरु भाइरल हुने गर्दछन  सोसल मिडियामा हङ्गामा मच्चाउने हरु लाइ  पत्याएर ति खबर हरु लाइ सेयर गर्ने र अभद्र प्रतिक्रिया दिनु  अघी हामी हरु ले पनि एकपटक सोचेर पड्ताल गरेर सेयर गर्ने कि !
Loading...
Share on Google Plus