.

भोलि देखि अर्घाखाँचीमा आमहडताल

 घनश्याम पौडेल 
अर्घाखाँची, ३० मंसिर 
                               संविधान संशोधन प्रस्ताव विधेयकको विरुद्वमा पुनः अर्घाखाँची आमहडताल गर्ने कार्यक्रम रहेको छ । भोली पौष १ गते विहान ६ बजेदेखी बेलुका ६ बजेसम्म वन्द र सोही समयमा नै २ र ३ गते पनि बन्दको आव्हान गरिउको सङघर्ष समितीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानले जानकारी दिनुभयो । आमहडताल सहितको बन्दमा शैक्षीक संस्था समेत बन्द गरिने भएको छ । त्यस्तै यातायात, कलकारखाना, उद्योगधन्दा बजार कसैले सञ्चालन गरेर आन्दोलनकारीले तोडफोड गरेमा आन्दोलन कारी जवाफदेहि नहुने भन्दै बिहिबार साझ सदरमुकाम सन्धिखर्कमा माईकिङ गरी जानकारी गराईसकिएको छ ।
Loading...
Share on Google Plus