कमेडियन कपिल शर्मा बिरुद्ध अदालतमा एफआईआर दर्ता,पाँच वर्षको सजाय हुन सक्ने

Loading...
मुम्बईको वर्सोवामा कमेडियन कपिल शर्मा बिरुद्ध मुद्धा दर्ता भएको छ । कपिल बिरुद्ध मुम्बईको प्रहरीले एफआईआर दर्ता गरेका छन् । जानकारीमा आएअनुसार कपिल शर्माले अफिस निर्माणको दौरानमा म्येनग्रोब काटेका कारण उनि बिरुद्ध एफआईआर दर्ता गरिएको हो । पर्यावरण संरक्षण अधिनियम र महाँराष्ट्र रिजनल एण्ड टाउन प्लानिङ,एमआरपिटीले कपिल बिरुद्ध एफआईआर दर्ता गरेका हुन् ।

कपिल बिरुद्ध वर्सोवा स्थीत आफ्नो अफिस निर्माण गर्दाको समयमा म्येनग्रोब काट्न लगाएको आरोप लगाईएको छ । अहिले प्रहरीले उनि बिरुद्ध आईपिसी १८७ र आईपिसी ५२को मुद्धा दर्ता गरेका छन् । कपिल बिरुद्ध दर्ता गरिएको पहिलो मुद्धा आईपिसी १८७मा पाँच वर्षको सजायको प्राबधान रहेको छ भने अर्को आईपिसी ५२ मा तीन वर्षको सजायको प्राबधान रहेको छ ।
Loading...
Share on Google Plus