टोपबहादुरको अडानपछि प्रदेश नम्बर–५ को सीमांकन हेरफेरबाट पछि हट्ने प्रचण्डको संकेत

Loading...
टोपबहादुरको अडानपछि प्रदेश नम्बर–५ को सीमांकन हेरफेरबाट पछि हट्ने प्रचण्डको संकेतप्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई पेलेरै जाने अडानमा रहेका  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही नरम बनेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेको कढा अडान र पार्टी भित्रकै केही नेताहरुको चेतावनीपछि उनी केही नरम बनेका हुन् ।
मधेसी नेतालाई खुशी बनाउँन मुलुकको प्रमुख पदमा अङ्गीकृत नागरिक निर्वाचित हुन नपाउने व्यवस्थालाई केही सहज बनाउँने व्यवस्थासहित संसद्मा संशोधन दर्ता गराउँने तयारीमा रहेका प्रचण्डले त्यसबाट पछि हट्ने संकेत गरेका छन् ।
कास्की जिल्लाको विकासनिर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन बालुवाटार पुगेको नेकपा माओवादी केन्द्रका प्रतिनिधिमण्डलसँग उनले यस्तो संकेत गरेका हुन् । त्यति मात्र होइन उनले संविधान संशोधन भएपछि पनि अङ्गीकृत नागरिक मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका कुनै पनि पदमा निर्वाचित हुन नपाउने स्पष्ट पारे ।
सीमांकनका विषयमा पनि उनले नरम बन्ने संकेत गरे । विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोज्ने प्रयासमा आफू रहेको उनले जानकारी दिए ।
संसद्मा दर्ता गर्ने भनिएको संशोधन प्रस्तावमा प्रदेश नम्बर–५ का पहाडी जिल्लालाई अलग गर्ने र नवलपरासीदेखि वर्दियासम्मलाई प्रदेश नम्बर–४ बनाउने उल्लेख गरेको भन्दै तीव्र विरोध हुँदै आएको छ । प्रचण्डकै पार्टीका नेता टोपबहादुर रायमाझीलेसमेत प्रदेश नम्बर–५का पहाडी जिल्ला अलग गर्ने प्रस्ताव ल्याए विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि त्यो विषयमा पनि प्रचण्डले पछि हट्ने संकेत गरेका हुन् ।
उनले संविधान संशोधनका विषयमा बजारमा अनेकौँ हल्ला चल्ने गरेका भन्दै ती सत्य नभएको पनि दाबी गरे  । ‘सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ तर संविधान संशोधनमा मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा वंशजको नागरिक मात्र निर्वाचित हुन पाउने व्यवस्था हुन्छ,’ उनले भने, ‘अङ्गीकृतले पाउँदैनन्, तथ्य नबुझेर केही मान्छे गलत प्रचार गराउन लागिपरेका छन् ।’
source:http://pahilonews.com/news-post/7367/
Loading...
Share on Google Plus