.

अब सबै नेपालीलाई पेन्सन

काठमाडौँ, मङ्सिर २९ – सरकारले सबै नेपालीको लागि निवृत्तिभरण कार्यक्रम ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगले जनता निवृत्तिभरण (पिपुल्स पेन्सन) सम्बन्धि कार्यक्रमको अवधारणा बनाउन अध्ययन समिति गठन गरेपछि यो कार्यक्रम अघि बढ्ने संकेत देखिएको हो ।
आयोगले सदस्य प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिलाई जनता पेन्सन सम्बन्धमा आवश्यकता र औचित्यको बारेरमा विश्लेषण गरी दुई महिनाभित्र भावी रणनीति तयार गर्न अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी दिइएको आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
Loading...
Share on Google Plus