.

दुर्गा तिवारीको हत्यापछि अबोध छोरीहरुले भावुक बनाए‍‍‍..

काठमाडौंः युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको मंगलबार देशभर विरोध भएको छ । विरोधमा मंगलबार रुपन्देहीमा बन्द आह्वान भएको छ ।
एमालेले आफ्ना युवा नेताको हत्या भएको भन्दै आन्दोलनलाई देशव्यापी बनाएको छ । युवा संघ र अनेरास्ववियुले विभिन्न जिल्लामा विरोध प्रदर्शन सुरु गरेका छन् । एमाले नेता सँगै इटा व्यवसायी रहेका तिवारीको सोमबार दिउँसो साढे ३ बजे रुपन्देहीको खैरेनी नजिकै हत्या भएको हो ।
मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडी बस्नेले छातीमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दे प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका तिवारीको उपचारको क्रममा मृत्यु भएको हो । तिवारीको हत्याको जिम्मेवारी स्थानीय २८ वर्षीय मनोज पुनले लिएका छन् । उनले टेलिफोन गरेरै हत्याको जिम्मेवारी लिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
तिवारीको मृत्यु सँगै उनको परिवार भने विचल्ली बनेको छ । काम गरेर सानासाना नानी हुर्काइरहेका तिवारीको हत्याले उनको परिवार शोकमा डुबेको छ । सामाजिक सञ्जालमा उनका छोरीका तस्बिर भाइरल बन्न थालेका छन् । बरुण ज्ञवालीले ट्वीट गर्दै यी नानीहरु देखेर भावुक भएको बताएका छन् । ज्ञवाली लेख्छन्, ‘युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा तिवारीको यी कलिला छोरिहरु। बिद्भद गोलि हानि मार्ने मनोज राना, यिनको अनुहार त हेर। साह्रै भावुक बनायो ।’
हत्यालाई राजनीतिकरण गरेर एमालेले आन्दोलन चर्काएर राजनीति फाइदा लुटे पनि अबोध बालिकाहरुमाथि परेको चोट कसैले निको पार्न नसक्ने भन्दै सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ ।
.

Loading...
Share on Google Plus