अस्पतालको शैयामा छटपटाइरहेकी सुजातालाई बचाउन ज्यान फालेर लागीपरे गायक प्रमोद खरेल

Loading...
काठमाडौं । गायक प्रमोद खरेल जति गायनमा चर्चित छन् पछिल्लो समय समाज सेवामा पनि खुला मनले सक्रिय बन्दै जान थालेका छन् । भावुक र मनछुने गीत मात्र गाएका छैनन् प्रमोदले दुखी गरिब र असहायहरुका नाममा केही छाक बारेका पनि छन् । उनहरुको घाउमा मलाम पट्टी लगाए केही राहात हुने बताउने प्रमोद भन्छन् २२ वर्षकी सुजाता सुवेदी बचाउ अभियानमा ज्यान फालेरै लागीपरेका छन् यतिबेला ।

प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाताको आर्थिक अवस्था नाजुक हुँदा उपचारमा लाग्ने करिब २५ लाख रुपैयाँ परिवारले जोहो गर्न नसकेका बेला प्रमोदलाई यो अभियानमा चर्चित कलाकार मनोज गजुरेल र नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले समेत होस्टेमा हैशे गर्दै साथ दिएका छन् ।

चितवनमा एचए अध्ययनरत सुजाता यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् । सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बर : ४९५४४९२३३७५२४००१सहयोग गर्न सक्नुहुने गायक खरेलले बताएका छन् ।
गायक प्रमोदकै सक्रियतामा गत असारमा दोलखाको सुन्दरावतीमा रहेको सरस्वीत प्राथमिक विद्यालयको पुनःनिर्माण भयो । त्यसपछि असोजमा प्रमोदले म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर एक लाख २१ हजार रुपैयाँ जुटाए ।
Loading...
Share on Google Plus