अब अनलाइनबाटै लाइसेन्सको लागि फारम भर्न सकिने

Loading...
कठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न नपर्ने भएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्ने सुविधा ल्याएको छ ।

 सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ । विभागले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको धेरै भएको थियो । तर, सेवा सुरु गरेको थिएन । जसका कारण लाइसेन्सका लागि फारम भर्न घन्टौंसम्म लाइनमा बस्नु परेको थियो । मनिसहरु विभागको कार्यालय एकान्तकुनामा लाइसेन्स फारम बुझाउन एकै दिन ५ हजार जनाभन्दा बढी लाइनमा बस्थे । तर, विभागले दिनमा ८ सयसम्म लाइसेन्स मात्र फारम बुझ्ने गरेको थियो ।

 कसरी भर्ने फारम ?
 विभागको यातायात व्यवस्था विभागको अफिसियल वेबसाइट http://www.dotm.gov.np मा यो सेवामा लिंक उपलब्ध छ । यातायात ब्यवस्था मन्त्रालयले यो सिस्टमका लागि आवश्यक सर्भर खरिद गर्न ६७ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेकखले सर्भर खरिदको प्रस्ताव मन्त्रिपरिषदमार्फत नै पास गराएका हुन् । अहिले विभागका प्राविधिक अधिकारीले यो सिस्टमको लागि सर्भर जडान र सफ्टवेयर ‘इन्स्टलेशन’को काम गरिरहेका छन् ।

लक्ष्यअनुसार काम भए सोमबर स्टिमको औपचारिक उद्घाटन हुने विभागका एक उच्च अधिकारीले बताए । अनलाइन फारम भर्ने व्यवस्थाले बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म कम हुने बताइएको छ ।
Loading...
Share on Google Plus