.

पाँच नम्बर प्रदेश टुक्राएको बिरोधमा गुल्मीमा मसाल जुलुस (फोटो फिचर) -

gulmi-julus– अनिल खत्री
गुल्मी, १९ मंसिर । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा संशोधन प्रस्ताव तुरुन्त फिर्ता गराउन दवाव दिन भन्दै गुल्मीमा मसाल जुलुस प्रर्दशन भएको छ ।
संयुक्त आन्दोलन समितिको आयोजनामा सदरमुकाम तम्घास बजारमा मसाल जुलुस गरेका हुन । उनीहरुले बिभिन्न नाराबाजी सहित सरकारले तुरुन्त संशोधन फिर्ता आग्रहरेका छन् । सरकारले जनभावना बिपरित ल्याएको संशोधन प्रस्ताव तुरुन्त फिर्ता नल्याए अन्दोलन झन चर्काएर लैजाने समेत बताएका छन् । बिरोध स्वरुप गुल्मीमा सोमवार बृहत जनसभा गर्ने भएका छन् । अन्दोलन समितिले जिल्लाका सबैगाविसबाट जनसहभागिता जुटाएर तम्घासमा दिउसो १ बजे बृहत जनसभा गर्ने बताइएको छ ।
अन्दोलनरत पक्षको अबरोधका कारण गुल्मीमा आइतवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पारेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा १ घण्टा धर्ना बसी काजमा ठप्प पारेका हुन ।
gulmi-1सरकारी कार्यालयमा धर्ना पछी बजारमा प्रर्दशन समेत गरेका छन् । बन्दकर्ताले बन्दको समयमा सवारी चलाएको भन्दै गुल्मीको तम्घासबाट ९ वटा मोटरसाइकल नियन्त्रणमा लिएकाछन् । बन्दको अबज्ञा भनेको भन्दै तम्घास बजारमा चलेका ९ वटा मोटरसाईकल नियन्त्रण लिईएको अनेरास्वबिु गुल्मीका सहसंयोजक शोभाखर गिरीले बताए ।
सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा ५ दिनदेखि गुल्मी अनिश्चित कालिबन्द हुदै आएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । लगातारको बन्दबाट गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । बन्द कर्ताले जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न ठाउँमा टायरबाले नाराबजी गर्दै प्रर्दशन गर्ने गरेका छन् ।
gulmi
गुल्मीमा रहेका बिद्यालयहरुमा परिक्षा सञ्चालन भइरहेको भन्दै शैक्षिक संस्थाहरु भने निर्वात रुपमा सञ्चालनमा आएका छन् । जिल्लामा उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा जिल्ला स्थित कांग्रेस, एमाले,माओवादी केन्द्र लगायत जिल्ला स्थितक्रियाशिल राजनितिकदल, बिभिन्न पार्टीका बिद्यार्थी संगठन, नागरिक समाज, स्थानियको समर्थनमा गुल्मीमा प्रर्दशन हुदै आएको छ । बिहान देखि बन्द बजार साँझ ५ बजे देखि बिहान ६ बजे सम्म खुल्ने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

Loading...
Share on Google Plus