नङको तल्लो भागमा रहेको निशानबाट थाहा हुन्छ तपाईको स्वास्थ्य स्थिति -

Loading...
हातमा रहेका रेखालाई हेरेर तपाईको भविष्य बताउने काम गरिन्छ । त्यति मात्र होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।जसरी तपाईको हातमा रहेका औलाहरु हेरेर चरित्र पत्ता लाग्छ त्यसरी नै नङमा रहेको निशानबाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ ।
नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो । यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डिजाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ । चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वास्थ्य मापन गर्ने ब्यारोमिटरको रुपमा लिइन्छ ।
लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखिदैनन् ।स्वास्थ्यमा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।
१. सामान्य लुनुला यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लिन जरुरत छैन ।
२. लुनुला कम हुँदैछ यदी तपाईको नङमा लुनुलाका निशानहरु हराउँदै गएका छन् र बुढी औलामात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नुपर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ । मेडिकल एक्पर्टका अनुसार आधा चन्द्रले तपाईको अन्य रोगबारे पनि जानकारी दिने गर्छ । यसले तपाईको शरिरमा आइरनको कमी भएको, थाएराइड वा पिटुइअरी ग्याल्ड जस्ता रोगहरु हुनसक्छ । यसकारण पनि नङमा रहेको यस निशानलाई बेलाबेलामा हेरिरहन आवश्यक पर्छ जसका कारण स्वास्थ्य स्थितिबारे थाहा पाउन सकिन्छ ।
नेपालीपत्र बाट
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Loading...
Share on Google Plus