भारतीय योजनामा कुनचाहि नेपाली नेताको हत्या हुँदैछ, देखियो खतरनाक संकेत !

Loading...
काठमाण्डु– यसबेला नेपाली राजनीतिक परिवेश निकै तरल अवस्थामा छ । जब कुनैपनि मुलुकमा राजनीतिक परिवेश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हुन्छ तब त्यो देशमा बाहिरी शक्ति राष्ट्रहरुको चलखेल तिव्र रुपमा बढेर जान्छ ।
नयाँ संविधान कार्यान्वयनको चरणमा रहँदा मुलुक एक खालको तरल र संक्रमणमा रहनु स्वभाविकै हो । छिमेकी मुलुकहरुको गतिविधि समेत बाक्लो रुपमा बढिरहेको छ ।
india
नेपालका राजनीतिक दल, राजनीतिक नेता र समग्र नेपाल विशेषगरी भारतसँग नराम्रोसँग चिढिएको देखिन्छ । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भारतीय हस्तक्षेप सहँदै आएको नेपालले पछिल्ला वर्ष भने प्रत्यक्ष हस्तक्षेपको महसुस गरिरहेको छ । यही बीचमा अहिले नेपाल–भारतबीचको सम्बन्धमा एउटा नयाँ बहस उठान भएको छ । भारतसँग बढी टक्कर लिने नेपाली नेताहरुलाई भारतको योजनामा खतरा हुनसक्ने संकेतहरु समेत बाहिर आएको भन्दै केही नेताहरुले त्यतातर्फ पनि विशेष ध्यान दिन र सतर्क रहन आग्रह गरिरहेका छन् ।
केही दिनअघि (शुक्रबार)  रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतले चाह्यो भने नेपालका नेताहरुको जतिबेला पनि हत्या हुनसक्ने कुरा स्वीकार गरे । अध्यक्ष विजुक्छेले यसबेला भारतको इशारामा नेपालमा सरकार परिवर्तनको खेल सुरु भैसकेको र भारतसँग टक्कर लिने जोसुकै नेताको हत्या हुनसक्ने समेत उनले संकेत गरे ।
उनले भने, ‘नेपालका नेताहरुलाई जतिबेला पनि भारतले हत्या गर्नसक्छ, विगतमा नेपालमा भएका हत्याकाण्डले यसलाई पुष्टि समेत गरेको छ ।’ नेता विजुक्छेले आफ्नो पायकमा काम नगर्ने नेताहरुको भारतको योजनामा जतिबेला पनि हत्या भएको प्रसंग उल्लेख गर्दै भारतका यस्तो खालको ज्यादतीको कडा आलोचना समेत गरे । उनले नेपालका लागि भारतका राजदूत रञ्जित रायको गतिविधिप्रति शंका व्यक्त गर्दै उनलाई छिटोभन्दा छिटो भारत फिर्ता गर्नुपर्ने समेत बताए ।
यसकारण, भारतले शंका गर्ने आधार खडा गरेको छ !
नेपाल र भारतको सम्बन्ध निकै पूरानो सम्बन्ध हो । राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा भारतसँग घनिष्ठ रुपमा जोडिएको नेपाललाई भारतले अप्रत्यक्ष रुपमा आफ्नै औपनिवेशिक थलोको रुपमा मान्ने गरेको विश्लेषकहरु बताउँछन् । त्यसैले पनि भारतीय शासकहरु नेपालका नेताहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आफ्नो बहसमा राख्न चाहान्छन् ।
सयौं वर्षसम्म नेपालमा शासन गर्दै आएको राजसंस्थालाई समेत भारतीय सत्ताधारीहरुले आफ्नो बहसमा राख्न खोज्दा कुटनीतिक समिकरण बिग्रेको इतिहास भेटिन्छ ।
त्यतिमात्र होइन नेपालमा भएका ठूला–ठूला विनाशकारी हत्याकाण्डका घटनाहरुमा समेत भारत जोडिएको आशंका गरिन्छ तर नेपालले पुष्टि गर्ने कुनै आधारहरु निर्माण गर्न सकेको देखिदैन ।
यतिसम्मकि नेपाल सरकारले आफ्नो आधिकारिक गुप्तचर संस्थालाई समेत व्यवस्थित पारेको देखिदैन । जबकि यसबेला भारतको शक्तिशाली गुप्तचर संस्था ‘रअ’ काठमाण्डुमा निकै शक्तिशाली रुपमा आफ्ना काम कारवाहीहरुलाई अघि बढाइरहेको छ ।
जानकारहरु भन्ने गर्छन्,‘भारतीय गुप्तचर संस्था ‘रअ’ जबसम्म काठमाण्डुमा शक्तिशाली रुपमा रहिरहन्छ, तबसम्म भारतसँग टक्कर लिने जोसुकै नेपालीहरुको जीवन र भविष्य असुरक्षित रहन्छ, किनभने ‘रअ’ ले काठमाण्डुमा त्यति धेरै सञ्जाललाई मजबुत बनाइसकेको छ ।’
भारतको मिसन इतिहासदेखिनै विस्तारवादी चरित्रसँग जोडिएको छ । सिक्किम र भुटानसँग जोडिएका इतिहासका घटनाहरुले यसको पुष्टि गर्छ । त्यसकारण पनि आफ्नो बहसमा आउने नेता र व्यक्तिलाई भारतले आफ्नै चरित्र अनुकुल परिवर्तन गर्दै लैजाने गरेको छ भने टक्कर लिनेहरुविरुद्ध कडा कदम चाल्ने उसको रणनीति हुने गर्छ ।
नेपालको राजनीतिक इतिहासमा घटेका ठूला–ठूला हत्याकाण्डमा समेत भारतीय गुप्तचर संस्थाको नाम जोडिएर आउनुले पनि यसको पुष्टि गर्ने प्रशस्त आधारहरु दिने गरेको जानकारहरु बताउँछन् ।
source:http://kathmandutoday.com
Loading...
Share on Google Plus