धुर्मुस सुन्तलीद्वारा तेश्रो एकीकृत वस्ती निर्माणको घोषणा

Loading...
पुस ६, २०७३- कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले तेश्रो एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।
एक भिडियोमार्फत धुर्मुस सुन्तलीले तेस्रो परियोजना सार्वजनिक गरेका हुन् । उनीहरुले यसअघि भूकम्पपीडितका लागि काभ्रेको पहरी वस्ती तथा सिन्धुपाल्चोक गिरान्चौरमा एकीकृत वस्ती निर्माण गरेका थिए । उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसाग अपील समेत गरेका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास– २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो । गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन् । उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए ।
गाास, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । ‘अघिल्लो परियोजनाभन्दा सामाजिक सदभावका कारणले पनि यो फरक छ,’ उनले बुधबार बिहान कान्तिपुरसित भने, ‘स्वास्थ्य, शिक्षा, सरसफाईमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाईयुक्त बनाउन हामीले पहल लिएका हौं ।’
४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपौया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मन समक्ष उनले आग्रह गरेकी छिन् । ‘दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नयाा परियोजनाको घोषणा गरेका हौा,’ उनले भनिन् ।
Loading...
Share on Google Plus