.

टोपबहादुर सहित ९२ जना एमालेमा प्रवेश

Image result for टोपबहादुर सहित ९२ जना एमालेमा प्रवेशनेकपा एमालेमा ९२ जना प्रवेश गरेका छन्। संघीय समाजवादी फोरमका ५ केन्द्रीय सदस्य सहित ९२ जना विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको पार्टी सचिब तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जनाएका छन।  
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाई, राजेन्द्रप्रसाद खनाल एमाले प्रवेश गरेका हुन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारको कडा शब्दमा आलोचना गरे। तत्काल निर्वाचन मिति घोषणा गर्न माग गर्दै उनले भने, ‘पैसा नखाई यो सरकारले भूकम्पपीडितलाई राहत समेत दिँदैन। प्रधानमन्त्री र अर्थमन्त्री भेटे म उनीहरुलाई यो कुरा भनिदिने छु।’
source:https://www.bizpati.com/news/92-people-entered-in-to-uml-
Loading...
Share on Google Plus