बाइक मा छिटो पेट्रोल सकिन्छ ? हो भने अपनाउनुस् यी तरिका, बढ्नेछ माइलेज

Loading...
नेपालमा बाइक र स्कुटर चलाउनेहरुको संख्यामा तीव्र वृद्धि भइरहेको छ । यस्तो अवस्थामा देशमा मात्र नभई पूरा संसारभरी इन्धनको समस्या लगातार बढिरहेको छ । दिन प्रतिदिन पेट्रोल डिजेलको मूल्यको चर्को बढोत्तरी पनि भइरहेको छ । तपाईंको पैसा धेरैजसो पेट्रोलमा खर्च नहोस् भन्नका लागि आज हामी तपाईंलाई केही तरिका बताउँदै छौं ।Image result for bike pterol mitters

इक चलाउने समयमा हामीले यस्ता थुप्रै गल्ती गर्छौं जसबारे हामीलाई थाहा हुँदैन । यसले बाइकको माइलेजमा नकारात्मक असर पुर्याइरहेको हुन्छ । यस्तो अवस्थामा तपाईंको बाइक कम्पनीले तोकेको माइलेजसँग म्याच गर्दैन । अटोमोबाइल एक्सपर्ट अंकित जोशीले यसबाट छुटकारा पाउनका लागि सजिलो तरिका बताएका छन् ।
१. आफ्नो दुई पाङ्ग्र सवारीसाधनलाई एउटै गतीमा चलाउने कोसिस गर्नुहोस् । स्पिडलाई मेन्टेनमा राखे बाइकको माइलेज बढ्ने गर्दछ ।
२. बाइकलाई चलाउने बेला क्लचलाई नथिचिरहनुहोस् । यस्तो गर्दा माइलेजमा कमी आउँछ । क्लचलाई आवश्यक पर्दा मात्र दबाउनु भए यसले बाइकको माइलेजमा फरक पार्नेछ ।
३. ४ स्ट्रोक इन्जिनका लागि, बाइकको चो र सेल्फ स्टार्टको स्विच अन गर्नुहोस् । त्यसपछि एक्सलेरेसन बिना नै बाइकलाई १० देखि १५ सेकेन्डका लागि छोडिदिनुहोस्, यसले फ्युललाई इन्जिनसम्म पुग्नका लागि समय मिल्छ ।
४. बाइक चलाउने बेला बाइकलाई टप गियरबाट अचानक लोअर गियरमा नझार्नुहोस् । यसले फ्युल इफिसियन्सी कम हुन्छ । शहरमा बाइक चलाउँदा बिना कारण ब्रेक र क्लचको प्रयोग नगर्नुहोस् ।
५. बाइक चलाउने बेला ब्रेक पेडललाई दबाएर नराख्नुहोस् ।
६. यदि तपाईं ट्राफिक सिग्नलमा रोकिनुभएको छ र रेडलाइट ३० सेकेन्ड भन्दा बढि लाग्यो भने गाडीको इन्जिन अफ गर्नुहोस् । धेरैजसो हामी सोच्छौं कि यसले धेरै फरक पार्दैन तर यसले माइलेजमा ठूलै असर पार्दछ ।
७. आफ्नो दुई पाङ्ग्रेको क्षमता बढाउनका लागि लगातार इन्जिन ओयल परिवर्तन गरिरहनुहोस् । साथै, सर्भिसिङ पनि समयमा नै गराउनुहोस् ।
Loading...
Share on Google Plus