श्रीमतीले धोका दिँदा झण्डै आत्महत्या गरेँ : इकु

Loading...
Image result for इकु श्रीमतीकाठमाडौँ – कलाकार सुलेमान शंकर ‘इकु’ मलेसियामा थिएँ । घरबाट फोन आयो । मेरी पत्नीको बारेमा नराम्रो खबर सुने । प्रेम गरेर बिहे गरेकी श्रीमतीले पनि मलाई धोका दिई ।

 एकातिर फिल्म डुब्नुको पीडा, अर्कोतिर पत्नी पीडा, साह्रै दिक्का लाग्यो । मलेसिया र सिंगापुरको बीच्को पुलबाट हाम फालेर आत्महत्या गर्ने योजना बनाएँ । तर, मैले झट्ट सम्झिएँ – दर्शकले मलाई दिएको माया । बच्चा बच्चीले इकु..इकु… भन्दै मेरा पछि लागेको, अटोग्राफ लिएको ।

 अनि सम्झिएँ मेरो हरेक दुःख सुखमा आमाबाबुले दिएको सहारा । त्यसपछि आफूलाई स्ट्रोङ बनाउन थाले । जसकारण आज म दर्शकमाझमै हुन पाएको छु ।नयाँ पत्रिकामा खबर छ ।

 चलचित्रले डुबायो मैले जीवनमा सुपरहिट र सपुरफ्लप दुवैको स्वाद चाखेको छु । एउटा फिल्मले मान्छेलाई करोडमा र एउटैले रोडमा ल्याउन सक्दो रहेछ । २४ लाखमा बनेको इकु दी जंगल म्यानले राम्रो आम्दानी गरेपछि मैले हौसिएर ८५ लाखमा इकु ब्याक अगेन बनाएँ तर त्यो फ्लप भयो । फिल्म बनाउन केही साथीहरुसँग ऋण लिएको थिएँ । पछि उनीहरुले मलाई पेल्न थाले ।
Loading...
Share on Google Plus