.

इच्छित वरदान दिने देवी पाथीभरा

पुस १०, आनन्द अमृत, काठमाडौं । ताप्लेजुङ जिल्लामा पाथीभरा भगवतीको शक्तिपीठ रहेको छ । पाथीभरा देवी भनेर कुनै आध्यात्मिक ग्रन्थहरूमा उल्लेख नगरिए पनि अन्नपूर्णालाई नै पाथीभरा भनिएको बुझिन्छ । पाथीभरा भगवतीको दर्शनले मनले आँटेका कुरा पुग्ने बताइएको छ । पाथीभरा भगवतीको दर्शनले मनोकमना पुरा हुन्छ भन्ने जनविश्वास रहि आएको छ । सन्तान नहुनेलाई सन्तान प्राप्त हुने जस्ता वर तथा दुःख र दरिद्रता नाश गर्ने सम्पन्नताकी देवीको रुपमा पाथीभरालाई पुज्ने गरिन्छ । धार्मिक र साँस्कृतिक महत्वको यो ठाउँ हिन्दुहरुको आस्थाको केन्द्र विन्दु हो ।
नेपालमा यस्ता अनेकौं देवीदेवताका स्थानहरू छन् । जो नेपालीमा नामकरण भएको हुँदा धार्मिक ग्रन्थहरूमा देवीदेवताका ती नामहरू भेटिँदैनन् । यस्ता तीर्थस्थल वा देवीदेवताका नामहरू शास्त्रमा उल्लेख गर्नुभन्दा पछि फेला परेका अथवा मौलिक नेपाली नामकरण भएका हुन सक्छन् । पाथीभरा भगवतीको एक नाम अन्नपूर्णा पनि हो । ‘अन्न’सँग ‘पाथी’को सम्बन्ध भएको र ‘पूर्णा’ अर्थात् ‘भरिएको’ अर्थ हुने हुँदा ‘अन्नपूर्णा’लाई नै ‘पाथीभरा’ भनिएको हो ।
पूर्वी पहाडको भ्रमणमा निस्कने अधिकांश मानिस पाथीभरा भगवतीको दर्शन गरेर मात्रै फर्कन्छन् ।  भगवानप्रति आस्था राख्ने जो कोहीको पनि एक पटक पाथीभरा पुग्ने तिव्र इच्छा हुन्छ । झापाको चारआलीबाट इलाम लागेपछि त्यहाँबाट पाँचथर पुग्नेहरु एक पटक पाथीभरा पुग्ने गरेका छन् ।
नेपाल र भारतका हिन्दुअनुयायीहरु एक पटक पाथीभराको दर्शन गर्न लालायित हुुुने गर्दछन्  । मान्छेमा नयाँ ठाउँ र नयाँ चिज देख्ने रहर हुन्छ ।  एक ठाउँको मान्छेलाई अर्को ठाउँमा पुग्दा धेरै कुरा नयाँ हुन्छन् । पाथीभरा पूग्दा यी चिज मान्छेले अनुभव गर्न पाउछन् ।
पाँचथर किराँत धर्मगुरु फाल्गुणानन्दको समाधि स्थल र लिम्बुहरुको उद्गम स्थलको रुपमा परिचित छ । ३७९२ मीटर अग्लो स्थानमा रहेको पाथीभरा भगवतीको मन्दिर नेपाल र  भारतका हिन्दु अनुयायीहरुको लागि पुग्नै पर्ने एक महत्वपूर्ण स्थलको रुपमा रहेको  छ । प्राकृतिक रुपमा रेडपान्डा, २२ प्रजातिका लालीगुराँस, कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमालले यहाँको सुन्दरतामा निखार ल्याएको छ । यहाँको सुन्दरतामा जोकोही पनि लट्ठ पर्छ ।
भारतका पश्चिम बंगाल, आसाम, मेघालय, सिक्किम बाट आउने  पर्यटक  यहाँ खचाखच हुने गर्दछन्  । उनीहरु भगवतीलाई मान्ने भएकाले पाथीभराका लागि आउने गरेका हुन् ।
एकातिर धार्मिक दृष्टि अर्र्कोितर घुमफिर भएकाले एक्सचेन्ज टुरिजमको प्रशस्त ठाउँ यहाँ रहेको छ । यहाँका शेर्पा, किराँत, लिम्बु, गुरुङ्गको आफ्नै जातिय साँस्कृतिक झाकीहरु रहेको छ । यसले पर्यटकलाई आकर्षण गरेको छ ।
सम्भावना प्रशस्त भएपनि पर्यटकीय स्थलहरु सम्म पुग्न सक्ने पूर्वाधारको तयार। नहुँदा भक्तजनहरु चाहेर पनि जान नसक्ने अवस्था भएकाले स्थानीय पृथराज थेगिङले बताए ।  पर्यटकले पकेटमा पैसा लिएर गए पनि यहाँ खान बस्नको समस्या छ । सम्पर्क विना एक्लै जाने पर्यटकले बास र गाँसको समस्या झेल्नु पर्छ । बेलुका ८ बजे नै  होटलहरु बन्द हुँदा पर्यटकहरु अप्ठ्यारोमा पर्ने गरेका छन् ।
पाथीभरा मन्दिरको फेदी सम्म पुग्नका लागि ताप्लेजुङ्गको फुङ्लिङ्ग बजार देखि काफ्लेवारी सम्मको ११ किलोमिटर सडकलाई पिच गर्नुपर्छ । सुकेटार विमानस्थलमा ओर्लनेहरु समेत सजिलै पाथीभरा पुग्न नसक्ने भएकाले बाटोको ब्यवस्था पहिला हुनपर्दछ ।  पाथीभरा जाँदा ठाडै उकालो भएकाले तीन किलोमिटर क्षेत्रमा दायाँ बायाँ रेलिङ्ग र विश्राम गृहहरु बनाउनु पर्ने देखिन्छ ।
पाथीभरा मन्दिरमा चढाएका भेटीहरुलाई व्यवस्थित गर्न सकिएको छैन ।  वार्षिक साढे दुई करोड रुपैयाँ हारहारीमा आम्दानी भएपनि यसको सही सदुपयोग भने हुन सकेको छैन ।
Loading...
Share on Google Plus