यो एउटा यस्तो तस्विर जसले संसार हल्लायो (फोटो सहित)

एजेन्सी, हिजोआज सामाजिक सञ्जालले कुनै पनि विषयलाई विश्वभर क्षणभरमा फैलाउने काम गरेको छ । यसैक्रममा एउटा तस्विरले विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ता माझ चर्चा बटुलेको छ ।
बच्चा जन्माउँदा शल्यक्रिया गर्दाको घाउको दाग, नवजात शिशु र महिलाको गुप्तांग समेत देखिने गरी खिचिएको उक्त तस्बिर सामाजिक संजालमा भाइरल बनेको डेलीमेलले उल्लेख गरेको छ ।

फोटोग्राफर हेलेन एलेरद्धारा खिचिएको यस श्याम श्वेत तस्बिरमा शल्यक्रिया गर्दा खेरी भएको घाउको खतले सांकेतिक रुपमा एक अज्ञात आमा र नवजात शिशुलाई बचाएको उल्लेख गरिएको छ । यो तस्बिरको प्रभाव त्यतिबेला बढ्यो जब उनले आफ्नो फेसबुक पेजमा नै सेयर गरिन् । तस्बिरलाई लाखौ मानिसहरुले हेरेका छन् भने तस्बिरको हजारौंले सेयर समेत भएको छ ।

‘एक महिलाले बच्चा जन्माउँदा मैले यो तस्बिर लिएकी हुँ । सी सेक्सन गर्दा ती महिला आफू निकै भयभित भएकोे बताएकी थिइन्,’ हेलेनले भनिन् । । ‘गत साता उनलाई सुत्केरी व्यथा लागेको थियो । तर, जटिल अवस्थाका कारण उनको आकस्मिक सी सेक्सन गर्नुपर्यो । ‘उनले मलाई बोलाएर आफूलाई र शिशुलाई नै बचाएको भन्दै तस्बिर खिच्न आग्रह गरिन्,’ फोटोग्राफर महिलाले भनिन् ।
Loading...
Share on Google Plus