.

एकदिनको लागि खुल्यो अर्घाखाँची

Image result for arghakhanchi sandhikharkaअर्घाखाँची, मंसिर १७ । पहाडी जिल्ला अर्घाखाँचीलाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा बुधवारबाट चर्किएको आन्दोलन बिहिवार साझँसम्म सदरमुकाम सन्धिखर्कमा नाराबाजी सटि चर्किएको आन्दोलन शुक्रबार एक दिनका लागि खुला गरिएको अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कबिराम खनालले जानकारी दिए ।
बुधबारबाट सुरु भएको आन्दोलन शुक्रबार खुल्ने र शनिबारबाट फेरी चरणबद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने आन्दोलन परिचालन समितिका संयोजक नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु खनालले जानकारी दिए । जिल्लाका आन्दोलका कारण सरकारी विद्यालयमा सञ्चालन गरिएको अर्धबार्षिक परीक्षा पनि स्थगित गरिएको जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीले जनाएको छ । -
Loading...
Share on Google Plus