.

डिआइडीका टेरेन्स र नायीका निशा अधिकारीले बुटवलमा धूम मच्चाउदै (भिडियो सहित)

बुटवल – बागेश्वरी संगितालय बुटवलको आयोजनामा अल नेपाल डान्स च्याम्पियनसिप प्रतियोगिता २०१६ को ग्राण्ड फाईनल अडिसन माघ १ गते एन्फा टेक्निकल बुटवल देवीनगरमा फाईनल प्रतियोगिता हुने भएकोछ ।
४ राउण्डमा संचालन भएको यो डान्स प्रतियोगिताको ग्राण्ड फाईनल अडिसनमा जजका लागि मुम्वईवाट चर्चित कलाकार टरेन्स लुईज आउने छन् । ग्राण्ड फाईनल मा टप १३ सिनियरलाई उन्ले जज गर्नेछन् ।
नेपालभर रहेका नृत्य प्रतिभालाई राष्टियस्तरको एकल नृत्य प्रतियोगिता अल नेपाल डान्स च्याम्पियनसीप को आयोजना गरि उत्कृष्ट प्रतिभालाई अन्तराष्टिय मन्च प्रधान गर्ने उद्येश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक सस्थाका निर्देशक यम पुन बताउनु हुन्छ ।
कात्र्तिक ६ गते देखि शुरु भएको यो प्रतियोगिता बुटवल, नेपालगञ्ज, पोखरा, काठमाडौँ, नारायगढ लगायत देशका बिभिन्न ठाँउमा सम्पन्नभई बुटवलमा फाईनल अडिसन संचालन हुन लागेको हो । यो बुटवलकै पहिलो ठूलो कार्यक्रम भएको आयोजक बागेश्वरी संगितालयका संस्थापक पिन्सीपल सुरेश सेन्चरीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनु भयो । यो प्रतियोगितामा देशभरका २ सय ६६ जना सहभागि भएका थिए ।
माघ १ मा हुने फाईनल अडिसनमा च्याम्पियन बन्ने सिनीयरले २ लाख नगद र भारतको मुम्बईको टरेन्स लुईज एकेडेमीमा ३ महिनाको डान्स कोर्ष प्राप्त गर्ने छन् भने जुनियरले २ लाख नगद सहित भारतको मुम्बईमा १ महिनाको मास्टर कोर्षको स्कलरसिप प्राप्त गर्ने छन् । टप अन्य जुनियर र सिनियरलाई अरु विभिन्न अवसरहरु प्राप्त हुने छ ।
सामान्य व्यक्तिलाई डान्स स्टार बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको यो कार्यक्रममा भोटिङ्ग र एसएमएस नभएकोले सामान्य व्यक्ति पनि ठूलो प्रतिभा देखाउन सक्ने ए एन डि च्याम्पका परिकल्पनाकार एवं जज बिजु कार्की बताउछन् ।
यो अडिसनको १२ हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ भनी कार्यक्रमका लागि बिभिन्न संघ संस्थाले सह आयोजकको रुपमा सहयोग गरेका छन् र तयारी अन्तिम चरणमा पुगेको छ ।
दर्शकका लागि १ हजार, ५ सय र ३ सय रुपैयाको टिकट राखिएको छ । यो प्रतियोगिता सम्पन्न गर्न करिव ५२ लाख खर्च लाग्ने अनुमान गरिएको र हाल सम्म १६ लाख खर्च भईसकेको छ । बिभिन्न संघ संस्था व्यक्तिहरुको सहयोगवाट नै यो भव्य कार्यक्रम बुटवलकामा सम्पन्न हुने अपेक्षा आयोजकले गरेका छन् । कार्यक्रम संचालन नेपाली चर्चित नायिका निशा अधिकारीले गर्ने छिन
source:osnepal.com
Loading...
Share on Google Plus