‘छक्का पञ्जा’ भयो फेसबुकमा सार्बजनिक

Loading...
काठमाडौं । नेपाली फिल्म उद्योगमा उत्कृष्ट रेकर्ड राख्न सफल फिल्म ‘छक्का पञ्जा’ फेसबुक र युट्युबमा सार्बजनिक भएको छ । अहिले सम्ममा सो फिल्मलाई फेसबुक र युट्युभमा लगभग २ लाखले हेर्न भ्याईसकेका छन् ।
एक सय पचास दिन मनाउन सफल ‘छक्का पञ्जा’फिल्मलाई निर्माता आफैले सार्बजनिक गरेका हुन् या अरु कसैले चोरेर फेसबुकमा राखे, यस बारे आधिकारीक जानकारी भने अहिले सम्ममा आएको छैन । यस बिषयमा आधिकारीक जानकारी लिनका लागी निर्माण पक्षलाई फोन गर्दा सम्पर्क हुन सकेको छैन ।
बिदेशीनु पर्ने युवा जमातको कथा र बिदेश गएकाहरुको घरपरिवारमा हुने विभिन्न प्रकारका क्रियाकलापहरुलाई पर्दामा प्रस्तुत गर्ने ‘छक्का पञ्जा’फिल्मलाई हाँस्यकलाकार दीपाश्री निरौलाले डेब्यु निर्देशन गरेकी हुन् । फिल्ममा दीपक राज गीरी, केदार घिमिरे, प्रियंका कार्की, जीतु नेपाल, शिबहरी पौडेल, नमैता सापकोटा,बुद्धी तामाङ लगाएतले लीड रोलमा अभिनय गरेका छन् ।
फिल्मलाई कलाकार दीपक राज गीरी, निर्मल शर्मा, केदार घिमिरे, सिताराम कट्टेल लगाएतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्मलाई आधिकारीक रुपमा नै सामाजिक सञ्जालमा सार्बजनिक गरिएको हो या होईन त्यो भने अहिले सम्म खुल्न सकेको छैन । पछिल्लो समायमा कलाकार तथा निर्माता भुवन केसीको फिल्म ‘ड्रिम्स’, निर्देशक दिपेन्द्र के खनालको ‘पशुपति प्रशाद’ लगाएतका उत्कृष्ट फिल्महरु पनि पाईरेशीको मारमा परेका थिए ।
source:http://www.news24nepal.tv
Loading...
Share on Google Plus