.

बाहिरिइसकेकी तेरियाले झलक दिखलाजाको ‘ट्रफी’ जित्दा भारतीयलाई धक्का

झलक दिखलाजा को नवौं संस्करणमा ६ महिना प्रतिस्पर्धा गरेपछि यसले तेरिया मगरलाई आफ्नो बिजेताको रुपमा घोषित गर्यो । भारतीयहरुको प्रियपात्र रहेका सान्तानु महेश्वरी र चर्चित कोरियोग्राफर सलमान युसुफलाई हराएर उनले कार्यक्रममा शीर्ष स्थान हाँसिल गरेकी हुन् ।
कार्यक्रमको बिचमै उनी बाहिरिएकी थिइन् । उनले ‘वाइल्ड कार्ड’ मार्फत झलकको सेटमा पुनः आवागमन भएकी हुन् । तेरियाले कुनै ‘डान्स कम्पिटिसन’ मा जीत हाँसिल गरेको यो पहिलो पटक भने होइन । उनी भारतकै एक चर्चित डान्स शो ‘डान्स इन्डिया डान्स लिल च्याम्प्स’ कोे उपाधि आफ्नो पोल्टोमा पार्ने नेपाली चेली हुन् । भारतीय मिडिया बलिउड लाइफ डट कमले तेरियाको सान्तानु महेश्वरी र सलमान युसुफ खानमाथिको उदास विजयले भारतीय सबैलाई धक्का दिएको भनी हेडलाइनको ठिक मुनीपट्टी लेखेको छ ।
नेपालको रुद्रपुरकी तेरिया र आर्यन पात्राले यो जीतसँगै झलक दिखलाजाको ट्रफीसहित नगद पुरस्कार ३० लाख भारु पाएकी छिन् ।
सलमान युसुफ खान र उनका पार्टनर ऐश्वर्या राधाकृष्णन र सान्तानु महेश्वरी र अलिसा सिंह क्रमशः पहिलो र दोस्रो रनर अप भएका छन् ।
कार्यक्रमको विजेता बिग बसको सेटमा भएको थियो । तेरिया मगरलाई झलक दिखलाजाको ट्रफी प्रस्तोता सलमान खानले प्रदान गरेका हुन् ।
Loading...
Share on Google Plus