रामशरण महतकाे जागरण सभामा ढुंगा प्रहार गरेपछि तनाव,प्रहरीद्वारा ४७ राउण्ड रबरको गोली र २२ सेल टियर ग्यास प्रहार, ३ जनालाई गोली लाग्यो, १७ घाइते

Loading...
नुवाकोट १२ माघ – कांग्रेस नेता रामशरण महतले जागरण सभा गर्दै गर्दा आन्दोलनरत पक्ष र प्रहरी बीच झडपपछि अश्रुग्यास र रबरको गोली फायर भएको छ । उनी नेपाली काग्रेस क्षेत्र नम्बर २ नुवाकोटको जागरण सभा लिएर बुधबार यहाँ आएका थिए । कार्यक्रमस्थल वरिपरि सशस्त्र र नेपाल प्रहरी खटिएका थिए । डेढ सय मिटर पर पूर्वीभेगमा ११ दिनदेखि लिखु गाउँपालिका माग गर्दै आएका स्थानीयवासी नारा लगाउँदै थिए ।

नारा लगाएको केही मिनेटमा बजारको पश्चिमतर्फ भैरहेको कार्यक्रम तर्फ ढुंगा प्रहार भएपछि भीडलाई तितरवितर पार्न प्रहरीले टियर ग्यास छोडेको थियो । त्यसपछि आधा घण्टा बढी आन्दोलनरत पक्षले खेतबाट ढुंगा प्रहार गरेपछि प्रहरीले थप अश्रुग्यास र रबरको गोली प्रहार गरेका थिए । केही समय नेता महतसहितको जागरण कार्यक्रम स्थगित भएको थियो । पछि प्रहरीले भिड नियन्त्रण गर्दै ४७ राउण्ड रबरको गोली र २२ राउण्ड टियर ग्यास फायर गरेको थियो । भीड नियन्त्रण गर्ने क्रममा एक सशस्त्रका जवान घाइते छन् ।

आन्दोलरपक्षका १५ घाइते छन् भने ३ जनालाई रबरको गोली लागेको छ । स्थिति केही साम्य भएपछि नेता महतले बोलेका थिए । नेता महतले अनेत्र प्रहरी र स्थानीय प्रशासनले बन्द खुलाएर जीवन सामान्य बनाउने गरेको तर नुवाकोटमा त्यसो नभएकोमा आक्रोस पोखे । ‘यहाँ किन यस्तो भइरहेको छ ? के सरकारको सहयोगमा प्रधानमन्त्री पार्टीकै सहयोगमा त आन्दोलन भइराखेको त छैन ?’ उनले प्रश्न गरे ।

 ‘जुन पार्टी सरकारमा छ । जुन पार्टी सत्तामा उही नै जनजीवन कष्टकर बनाउन लागि परेकोमा नेता महतले आक्रोश पोखे । स्वयं सत्ताधारी दलले बन्द गराएको प्रति नेता महतले भने, ‘यसको भत्सना गर्न चाहन्छु । गलत बाटो हो । शान्तिपूर्ण र वैधानिक बाटोमा विश्वास गर्छौं ।’ विधिको शासनमा विश्वास गर्नुपर्ने बताए । माओवादी शान्तिपूर्ण बाटोबाट सत्तामा पुगेका छन् । ‘यो तोडफोडको राजनीति किन? किन यो ढुंगा बसाईयो । किन आगमन रोकिएयो ?’ उनले भने । विरोध गर्ने छुट संविधानले दिएपनि अर्काको अधिकारलाई बाधा पार्ने काम र छुट कसैलाई नभएको उनले बताए । उनी तोडफोड भएको जिविसको भवन र कोठा अवलोकन र पत्रकार सम्मेलनपछि यहाँ आएका थिए । इकान्तिपुर बाट
Loading...
Share on Google Plus