.

प्रितम पाण्डेय सम्पादनमा हैरान

बसन्त अर्याल:काठमाडौँ  l विश्वकै कान्छो निर्देशक सौगात बिष्ट द्धारा निर्देशन गरिएको दोश्रो चलचित्र हैरानको करिब दुई महिनाअघि देखि छायांकनमा लागि रहेका हैरानको टिम अहिले सम्पादन कार्यमा जुटेका छन् ,६१  दिनमा  छायांकन  कार्य सकिए पछि सम्पादक प्रितम पाण्डेय सम्पादनमा निकै ब्यस्त बनेका छन्  l

सौगात विष्टको  दोश्रो चलचित्र ‘हैरान’ काठामाडौको शंखमुलमा रहेको ग्यारेजसेटबाट छायाँकन सुरु गरिएको थियो।हैरान  चलचित्र कस्तो होला भन्ने कुरा यसको नामबाटै पनि अन्दाज लगाउन सकिन्छ चलचित्र हैरान मुक्ति घले , वाई.एल लामा र श्रिष्टी घिमिरेको निर्माणमा कार्य भइरहेको छ l यसमा प्रमुख गरी चार जना कलाकारको विशेष भूमिका रहेको छ l यसमा  बालिकाले चार जना भिन्न -भिन्न सोच भएका कलाकारलाई हैरान बनाएकी छिन् lचलचित्र कमेडी , प्रेम र सस्पेन्सको मिश्रण छ । यस चलचित्रले नेपाली चलचित्र उधोगमा भिन्न पहिचान बनाउनेमा चलचित्रकर्मी ढुक्का छन् l

चलचित्रमा गजित बिष्ट,निश्मा घिमिरे , सत्यराज आचार्य , पुष्कर रेग्मी,सागर लम्साल र नव कलाकार आरोहि शर्माको मुख्य भुमिका रहेको छl करिब ४५  दिनमा सक्ने लक्ष्य भएपनि  छायांकन ६१ दिन सम्म गर्नुपरेको  थियो, दिन बढे सगै  खर्च पनि बढेको सम्पादक पाण्डेयले बताएका छन् l
Loading...
Share on Google Plus