.

सन्धिखर्कको मुटु मानिने शान्ती बगैचामा वाईफाई फिरी हुने

अर्घाखाँची जिल्लाको एकमात्र नगरपालीका सन्धिखर्क नगरपालीका हो । सन्धिखर्क नगरपालीकाले माघ मसान्त सम्ममा सदरमुकामको मुटु पर्यटकीय क्षेत्र शान्तीबगैचामा वाईफाई फिरी गर्ने भएको छ ।
मङगलबार आयोजित पत्रकारहरुसँग अन्तरक्रिया नगरपालीकाका कार्यकारी अधिकृत रामजी जोशीले नगरपालीकाको सवै वडाको सामाजिक सुरक्षा भत्ता बैक मार्फत वितरण गरिएको, दमकलले जिल्लाभरी सेवा दिएको जानकारी दिनुभयो ।
अधिकृत जोशीले सडक सौर्य वत्ती नगरपालीकामा ४० वटा जडान भईसेकेको र आगामी कार्यक्रममा ३५ वडा जडान गर्न लागीएको बताउनुभयो ।
सन्धिखर्क नगरपालीकाको आफनै भवन भएको नगरपालीका हो । यस नगरपालीकामा यातायात नपुगेको ठाउँमा अहिलेनै यातायात पु¥याउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
त्यस्तै सन्धिखर्क नगरपालीकाले आफनै जेसिवी निकाली मोटरबाटा खन्ने काम गरेको छ, नगरपालीकालाई आगामी पौष मसान्त भित्र बालमैत्री नगर बनाउने, पञ्चवर्षीय निमार्ण योजना तयारी रहेको जोशीले जानकारी दिनुभयो ।
Loading...
Share on Google Plus