अभिनेत्री नम्रता श्रेष्ठ गाडी दुर्घटनामा परिन् !!

namrat-shrestha-001काठमाडौं, माघ ९ – चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कदै गर्दा शनिबार राती नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाडौंको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो । बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ ।
सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आजको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् । चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको धमाधम छायांकन भैरहेको छ । रिलिजको दिन नजिकिदै जाँदा काम भ्याउनु पर्ने चटारो त यसको निर्माणपक्षलाई छ । भ्यान दुर्घटनामा परेका सह निर्देशक सुरेशले भने, ‘हामी चढेको भ्यान शंकमुलबाट पुरानो बाँनेश्वरतर्फ जाँदै थियो । बबरमहलतिरबाट आएको ट्याक्सीले नयाँ बानेश्वर चोकमै ठक्कर दियो । हाम्रो गाडी त घुमेर बबरलमहलतिर फर्केको थियो । दुर्घटना ठूलो भएपनि भाग्यले ठूलो चोट लागेन ।’ सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भैरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् । source:http://ktmkhabar.com
Loading...
Share on Google Plus