कतारमा क्षितिज पारी भाग दुइ बिमोचन कार्यक्रम सम्पन्न

Loading...

राम प्रसाद पराजुली, दोहा कतार

३० डिसेम्वर्-२०१६ का दिन कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक अभियान दोहा कतारले आफ्नो दोस्रो पाइला क्षितिज पारी भाग दुइ विशेष समारोह बिच बिमोचन  कार्यक्रम सम्पन्न गरेको छ ।अभियानका कोषाध्यक्ष जिबी कुवरको सन्चलन र अभियानकै अध्यक्ष हुमाकन्त आचार्य को अध्यक्षता बाट सुरु भएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौनधारण पश्चात अघि बढेको थियो ।

कार्यक्रम सफल पार्न आउनु भएक सम्पुर्ण हलामा उपस्थित अथिती हरु लागाएत शुभचिन्त हरुलाई बिभागका सल्हकार हेम बस्नेतले स्वागत गर्नु भएको थियो ।कार्यक्रमको प्रमुख अथिती कतार नेपाली एकता समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य लुमाकान्त पुन रहनु भएको थियो ।

बिशिण्ट अतिथी भूपु उपाध्यक्ष दावा लामा अतिथी प्रवासी मन्चका अध्यक्ष रामहरी गैरे,जनप्रगतीशील मन्चका का वा अध्यक्ष रकमध्वज राई, एकता समाजका सचिवालय सदस्य हेमन्त वाइवा कतार नेपाली एकता समाजका महासचिव खिम बुढा मगर, कोषाध्यक्ष धन बहादुर परियार , सुर्य सुबेदि, महिला विभागका रेणुका चौलागाई,सन्जु सुन्दास्, रक्तिम भुपु अध्यक्ष बलदेव राना, भुपु अध्यक्ष खगेश्वर भुसाल , वुद्धिजिवी विभागका हरिप्रसाद शर्मा  पत्रकार राम प्रसाद पराजुली हाँक साप्ताहिक पत्रकार उद्धव मगर लगाएतले यस सफलता सगै आगामी दिन हरुमा पनि अझै सफलताको शुभकामना दिएका थिए । साथै सम्पुर्ण एरिया समितिको तर्फ बाट बिष्णु आचार्यले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा अभियानका अध्यक्ष दुवारा लिखित सब्द र जनगायक जिबन शर्माको संगीत तथा रक्तिम अभियान का कलकार हरुको स्वरमा पस्तुती एल्बममा रहेका गित हरुले उपस्थित सम्पुर्ण्लाई भाबुक बनाएका थिए । ति बिदेशमा बसेका बाबु लाई छोरीको स्वदेश फर्कने आग्रर र बिलोनाका सब्द हरुले सबैको मन रुहाएको थियो । यस एल्बममा उठ किसान मज्दुर्, नछोड बाटो, बाबा नबस बिदेशमा, झुक्दैन शिर हाम्रो साम्राज्यबाद सामु रोकिन कदम हाम्रो बिस्तारबाद सामु , म डुल्दै जादा ,उडी हिड्ने बादल जस्ता गिती सगित हरु समेटिएका छ्न । क्षितिज पारी एल्बम बनाउन आर्थीक नौतिक भौतिक सहयोग गर्नु भएका सहयोगी हरुलाई अभियानले सम्मन गरेको थियो । अन्तमा अध्यक्ष हुमाकान्त आचार्य ले  कार्यक्रम सफल पार्नु आउनु भएका सम्पुर्ण प्रमुख अतिथी , अतिथी लगायत उपस्थित दर्शकहरुलाई बधाई दिंदै कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

Loading...
Share on Google Plus