डब्लुसीएल अन्तर्गत केन्या विरुद्धको खेलका लागि खेलाडी छनोट सुरु, छनोट खेलमा अर्घाखाँचीका बिक्रम भुसालले पनि पाए अवसर ।

कमल बिस्ट( माघ ६) आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि नेपाली टिमको छनोट चरण आज देखि सुरु भएको छ । उक्त छनोट खेलमा अर्घाखाँचीका प्लेयर बिक्रम भुसालले पनि अवसर पाएका छन ,किर्तीपुर क्रिकेट मैदानमा ६ दिनसम्म चल्ने छनोट चरणमा ५२ खेलाडी सहभागि छन । पहिलो चरणमा बोलाइएका खेलाडीलाई चार समुहमा विभाजन गरेर सुपर लिग खेलाइने छ ।

सो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई आइसीसी, प्रशिक्षक र कप्तानको सहमतीमा टिम बनाइनेछ । मार्च ११ र १३ तारिखमा नेपालले केन्या विरुद्ध किर्तीपुर मैदानमा प्रतियोगिता खेल्दैछ । आठ खेलबाट ६ अंक बोकेको नेपाल छैटौ स्थानमा रहेको छ ।

केन्याले समान खेलबाट ८ अंक बनाउदै पाचौ स्थानमा छ । केन्या विरुद्धको खेलका लागि यो प्रतियोगिता लगत्तै मैदान निर्माणको काम हुनेछ । केन्या विरुद्धको खेल अघि अरु कुनैपनि प्रतियोगिताका लागि किर्तीपुर मैदान भाडामा दिइनेछैन । पुर्वाधारको अवलोकन गर्न आइसीसीका प्रतिनिधी नेपाल आउनेछन । यसअघि नेपालले नामिविया विरुद्ध अन्तिम पटक किर्तीपुरमा खेलेको थियो । जसमा नेपालले दुबै खेल जितेको थियो ।
Loading...
Share on Google Plus