सानै उमेरमा ठूलो प्रगती गरेकी दीपिकाको जन्मदिनमा बाहिरिए यस्ता रहस्य

Loading...
काठमाडौँ – अभिनेत्री दीपिका पादुकोण बिहीबारदेखि ३२ वर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा जन्मिएकी दीपिकाले मोडलिङबाट करिअर सुरु गरेकी थिइन् ।

मोडलिङका दिनमा उनी मोडल निहार पाण्डेसँग अफेयरमा थिइन् । त्यतिवेला उनी मुम्बईमा प्रेमी निहारकै घरमा बस्ने गरेकी थिइन् । रणवीर सिंहसँग अफेयर चलेपछि दीपिका र निहारबीच ब्रेकअप भएको थियो । नयाँ पत्रिकामा खबर छ । जन्मदिनको अवसरमा पूर्वप्रेमी निहारले समेत दीपिकालाई प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

निहारको शुभकामनाले रणवीरलाई तनाव भएको समेत अनुमान लगाइएको छ । दीपिका साहरुख खानको ‘ओम शान्ति ओम’ फिल्मबाट हिरोइन बनेकी हुन् । त्यसअघि उनले हिमेश रेसमियाको भिडियोमा अभिनय गरेकी थिइन् । उनका थुप्रै फिल्म हिट छन् ।
Loading...
Share on Google Plus