प्रतिस्पर्धाबाट झण्डै आएट भएकी तेरियाले उपाधि जितेपछि बलीउडबाट आयो यस्तो डिमाण्ड

काठमाडौं । नेपाली चेली तेरिया फौजा मगरलाई बलिउड स्टार ऋतिक रोशनले फिल्ममा अफर गरेका छन् । भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ को सिजन ९ मा विजेता बनेकी नेपाली चेली तेरिया फौजा मगरको चर्चा विश्वभर बढीरहेका बेला बलिउड स्टार ऋतिक रोशनले यस्तो प्रस्ताव राखेपछि उनको करियरमा पनि यसले विशेष अर्थ राख्ने बताइएको छ । यसैबिच तेरियाले आँफु बलिउड नायिका सोनाक्षी सिन्हाको फ्यान भएको र उनीसँगपनि काम गर्न चाहेको बताएकी छिन् । तर, ग्रान्ड फिनालेमा उनलाई ऋतिकले फिल्मका लागि अफर गरेका छन् । ‘शो’ कै वीचमा एकपटक आउट भइसकेकी तेरिया वाइल्ड कार्डमार्फत पुन प्रवेश पाएर सिजन ९ मा विजेता बन्न सफल भएकी हुन् ।
Loading...
Share on Google Plus